सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

 न्यूज विराट
सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाई, जोखिममा भारतीय ‘क्वारेन्टाइन’मा बसेका नेपाली

बैतडी, १ वैशाख-सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले भने, ‘परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।’ बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् ।

नेपाली मजदूरलार्ई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताए । ‘भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ’ उनले भने, ‘एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।’

कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदुर रमेश जोशीको भनाइ छ । यस्तै पुर्चौंडी घर भएका पुष्कर बोहराले पनि आफूहरु १०० जति डिडिहाटमा अलपत्र परेको बताए । उनले भने, ‘हामीलाई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह छ ।’ सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा

लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताए । उनले भने, ‘क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।’

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गरे । ‘एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ’ उनले भने, ‘हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।’ स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । रासस

सम्बन्धित समाचार

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई...

प्रदेश १ मा कोरोना संक्रमित १ हजार नाघे

विराटनगर, १६ साउन–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३, मोरङमा १२, इलाममा ५ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । झापाको मेचीनगरमा...

सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू

काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

तालिबानका शीर्ष कमाण्डर सिराजुद्दिन हक्कानी कोरोना संक्रमित

एजेन्सी, जेठ १०-तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना...

दलित जनअघिकार मञ्चाद्वारा राहत वितरण

विराटनगर, जेठ ३२–इटहरी क्षेत्रमा बसोबास गर्ने सुनचाँदी कालिगढ मजदुरहरुलाई राहत वितरण गरिएको छ । दलित जनअधिकार मञ्च र साथी फाउण्डेसनले अखिल नेपाल सुनचाँदी कालीगढ संघ इटहरीसँगको सहकार्यमा सो क्षेत्रमा बसोबास गर्ने १ सय ९ सुनचाँदी...

नेकपाले चियापन कार्यक्रम नगर्ने

काठमाडौं, ११ कात्तिक-सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।  नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्