राशिफल

नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

 न्यूज विराट
नेपाली कांग्रेस मोरङको सभापतिमा लिम्बु विजयी

विराटनगर, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार राति सम्पन्न निर्वाचनमा लिम्बु बिजयी भएका हुन् । पौडेल–कोइराला समुहमा रहेका उनले देउवा–सिटौला समुहका दिलिप गच्छदारलाई पराजीत गरेका हुन् ।

लिम्बु यसअघि पनि सभापति थिए । उनलाई डा. शेखर कोइराको समर्थन थियो । लिम्बुले १९०६ मत प्राप्त गर्दा गच्छदारले १४२२ मत प्राप्त गरे ।यस अघि निर्वाचन भएपनि तीन जना उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुँदा सभापतिमा लिम्बुले बाजी मारेका हुन् ।

पहिलो निर्वाचनमा कोइराला पक्षका लिम्बू, सस्थापन पक्षका गच्छदार र सिटौला पक्षका यदु विष्ट सभापतिको उम्मेदवार बनेका थिए । तर, कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन भएको हो ।

दोस्रो पटक भएको निर्वाचनमा सिटौला समुहका बिष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गरेपनि गच्छदार पराजीत भए ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...