विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

 न्यूज विराट
विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ ।

बिस्केटजात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर ५ वैशाखमा लिङ्गो ढाल्ने परम्परा रहेपनि कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण लिङ्गो नउठाएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए ।

यता, भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाउनुपर्नेमा आज नउठाइने भएको छ ।

लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा ९टुप्पो०मा नाग र नागिनीको प्रतीकस्वरूप २ वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक ८ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेपनि यसवर्ष लिङ्गो नउठाई सामान्य पूजा मात्रै गरिने भएको हो ।लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।

भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

त्यसैगरि मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि लिङ्गो नउठाइने भएको छ । आज यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत सुरु हुने र २ बैशाखमा जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा रहेको छ । मध्यपुरथिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएपछि त्यहाँको लिङ्गो पनि नउठाइने भएको हो । रासस

सम्बन्धित समाचार

शिक्षादीप कलेजका विद्यार्थीद्धारा पूर्वाञ्चल आश्रममा शैक्षिक सामाग्री र फलफूल वितरण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

भारतमा ४ जेठसम्म लकडाउन लम्बियाे

एजेन्सी, बैशाख १९-वैशाख-भारत सरकारले लकडाउनको अवधि थप २ साता बढाएर ४ जेठसम्म पुर्‍याएकाे छ । लकडाउनका बाबजुद संक्रमितको संख्या निरन्तर बढेपछि २१ वैशाखसम्म अर्थात् ३ मेसम्मको अवधिलाई बढाएर १७ मेसम्म निरन्तरता दिने घोषणा प्रधानमन्त्री नरेन्द्र...

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट

काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...

विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...

प्रदेश १ मा बुधबार १ सय ३३ संक्रमित थपिए

विराटनगर, ३१ भदौ–प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक...

उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्