राहत पर्खंँदै गन्धर्व बस्ती

 न्यूज विराट
राहत पर्खंँदै गन्धर्व बस्ती

तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् । दिनभरि कमाएर साँझबिहानको छाक टार्ने यहाँका अधिकांश गन्धर्व परिवारमा धेरै दिनका लागि खाद्य सामग्री राख्ने क्षमता हुँदैन ।

स्थानीयवासी सीता गन्धर्वले आफ्ना घरमा चुल्हो बल्न नसकेकाले रोगले भन्दा भोकले मरिने पो हो कि भनी आशंका गरिन् । सारङ्गी रेटी गीत गाउँदै गाउँ, शहर र यात्रुबसमा डुलेर कमाएर खाने परिवार भएकाले खाद्यवस्तु जुटाउन समस्या परेको उनले बताइन् । स्थानीयवासी शर्मिला गान्धारीले गन्धर्व बस्तीका सबै सुकुम्बासी रहेको बताउँदै भनिन्, ‘ठाउँठाउँमा राहत बाँडेको खबर सुनिएको छ तर गन्धर्व बस्तीमा अझै आइपुगेको छैन ।’

१० वर्षका उमेरदेखि गीत गाएर परिवार पाल्दै आएका ५२ वर्षीय बुद्ध गन्धर्वका अनुसार उनको समुदायमा १ जना पनि सरकारी सेवामा रहेको व्यक्ति छैन । उनले केही व्यक्ति रेष्टुरेण्टमा गीत गाउने र सारङ्गी बजाउने पेशा गर्ने गरेको तर लकडाउनका कारण हाल उनीहरूको पनि रोजीरोटी र कमाइको बाटो रोकिएको बताए । ‘सबैको जीवनयापन गर्ने साधन भनेको यही सारङ्गी नै हो’, उनले भने, ‘केही परिवारले विभिन्न ठाउँमा गएर सारङ्गी बिक्री गरी त्यसैको आर्जनबाट जीवन गुजार्दै आएका छन् ।’ गन्धर्व समुदायकै भवानी गन्धर्व प्रश्न गछिन्, ‘हामी त आज ल्याएर आजै खाने हो, बच्चा भोक लाग्यो भन्छन्, के गर्ने ?’

भानु नगरपालिकाका उपप्रमुख आशा थापाले राहतका लागि खाद्य सामग्री खरीद गर्ने प्रक्रियामा रहेकाले चाँडै राहत वितरण गरिने बताइन् । थापाका अनुसार नगरपालिकाभर १ हजार ८२१ जनालाई राहत दिनुपर्ने सूची तयार भएको छ । ती सबैलाई राहत वितरण गर्ने तयारी भइरहेको छ ।

वडा नम्बर २, ३ र १० मा पनि गन्धर्व बस्तीका गरीब परिवारजनलाई राहत बाँड्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ । स्थानीय गन्धर्व समुदायका सदस्य विगत भूकम्पका बेला घरैपिच्छे राहत बाँडिएको सम्झिरहेका छन् र यसपटक पनि त्यस्तै अपेक्षा गरिरहेका छन् । रासस

सम्बन्धित समाचार

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी : उप्रेतीले वन, राईले अन्तरिक र जवेगुले पूर्वाधार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...

मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक तनाव र चिन्तामुक्त बनाउन ‘वर्कशप’ आयोजना गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा क्लबले इकोनोमी कम्युनिटी र डेभलोप्मेन्ट मन्थ अन्तर्गत ‘वर्कशप’ आयोजना गरेको हो । क्लबे...

प्रेस सेन्टर नेपाल मोरङद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेन्डर सार्वजनिक गरेको छ। आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेन्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

लकडाउनबाट ठप्प भएको अर्थतन्त्र उकास्न राहत प्याकेज घोषणा

एजेन्सी, बैशाख ३१-भारतीय वित्तमन्त्री निर्मला सीतारमणले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेको अर्थतन्त्रलाई लिकमा फर्काउनका लागि राहत प्याकेज घोषणा गरेकी छन् । उनले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राहत प्याकेज घोषणा गरेकी...

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्