सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

 न्यूज विराट
सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ ।

सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ । नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए ।

भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । ‘सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११÷१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो’ सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।’

सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए ।

लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

गणपति न्यौपानेले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधारणमा जनचेतनासमेत फैलाउने कार्य भइरहेको बताए । ‘सीमामा गस्ती पनि भइरहेको छ, उता ग्रामीण भेगहरूमा सर्वसाधारणलाई सङ्क्रमणबाट जोगिनका लागि जनचेतनासमेत फैलाइरहेका छौँ’ उनले भने ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् ।

जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिँदै गणपति न्यौपानेले भने, ‘भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।’ यसका लागि सप्तरीमा २०० प्रहरी थप गरिएको छ । रासस

सम्बन्धित समाचार

अत्यावश्यक व्यवसाय सञ्चालन गर्न संघको निर्देशन

कोरोनाकोको त्रासबाट बच्न सरकारले सर्वसाधारणलाई घरमा नै बस्न आग्रह गरेसँगै विभिन्न संस्थाहरुले धमाधम कर्मचारीलाई विदा दिदै व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिन थालेका छन् । आइतबार राष्ट्रिय व्यवसायी महासंघले प्रेस विज्ञप्ती निकाल्दै अत्यावश्यक व्यापार व्यवसाय...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले...

विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

विराटनगरको हिमालय रोडमा महोत्सव रोक लगाउन माग, व्यवसायीले बुझाए मेयरलाई ज्ञापनपत्र

विराटनगर । विराटनगरस्थित हिमालय रोडमा आयोजना गरिने सबै किसिमका मेला र महोत्सवमा रोक लगाउन माग गर्दै स्थानीय व्यापारीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् । मेलाले व्यापारमा समस्या सिर्जना गरेको भन्दै रोक लगाउन...

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...

नेकपा सचिवालयमा ओलीले पेस गरेको प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं, १३ मंसिर-आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्