नेपालमा थप ३ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो

 न्यूज विराट
नेपालमा थप ३ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या १२ पुग्यो

काठमाडौं, ३० चैत-नेपालमा थप ३ जनाको कोरोना ‘पोजेटिभ’ देखिएको छ । हेटौँडामा परीक्षण गर्दा आशंका गरिएका ३ जनामा काठमाडौंको टेकु अस्पतालको ल्याबमा परीक्षण गराउँदा पुनः ‘पोजेटिभ’ देखिएको हो ।

‘हिजो दिउँसो ११ बजेको रिपोर्ट पोजेटिभ देखिएपछि पुनः गरियो, पुनः पोजेटिभ देखिएको छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्राेतले भन्यो ।स्वास्थ्य मन्त्रालयले केही बेरमा पत्रकार सम्मेलन गरेर आधिकारिक जानकारी दिने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ जनाको नतिजा भने ‘पोजेटिभ’ हो वा होइन भन्ने निर्क्यौल गर्न नसकेपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

प्रयोगशालाले पुनः परीक्षण गर्दा रिपाेर्ट ‘पोजेटिभ’ आएको जनाएको हो । यी तीनै जनाको स्वाब पर्साबाट ल्याइएको हो । उनीहरू तीनै जनालाई आइसाेलेसनमा राखिएको छ ।

नयाँ संक्रमितको विषयमा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ ।कोरोना ‘पोजेटिभ’ देखिएका तीनै जना नागरिक मस्जिदमा बस्दै आएका थिए ।

वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित श्रीराम हलअगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीय नागरिक भएको बताइए पनि पुष्टि हुन बाँकी छ । उनीहरूलाई शुक्रबारदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

सम्बन्धित समाचार

अब घरघरमै भत्ता, औषधि र तरकारी

झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्‍याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...

१०३० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार जना कोरोना...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्