सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

 न्यूज विराट
सशस्त्र प्रहरीद्वारा १०१ किलोमिटर सीमाक्षेत्र शिल

सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो ।

विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताए ।

उनका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ ।

भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उनले बताए ।

सशस्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रिनगर र खक्रौला नाकाबाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षासँगै निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४ सैँ घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५ सय ५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ । रासस

सम्बन्धित समाचार

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

८१ दिनपछि जानकी मन्दिर पूजापाठका लागि खुल्ला

जनकपुर, ४ असार-कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका...

कोरोना ‘हट स्पट’का २५ सयको नमुना संकलन गर्न सेनाको टोली परिचालन

काठमाडौं, २५ वैशाख -नेपालमा कोरोना भाइरस संक्रमणको हट स्पट बनेको उदयपुर, वीरगंज र नेपालगञ्जमा सेनासहितको टोली परिचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको हट स्पट रहेका यी ३स्थानमा...

मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...

दलित महिलाको पहुँच अभिबृद्धीमा मिडियाको भूमिका आवश्यक

विराटनगर । समाजिक न्याय तथा विकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकारकर्मीहरुले बताएका छन् । राजनीतिक दलहरुले निर्वाचनमा विजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति...

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

कांग्रेसले थप दुई बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गर्‍यो

खोटाङ । नेपाली कांग्रेस खोटाङले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थप दुई उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा कांग्रेसकातर्फबाट उठाइएका आधिकारिक उम्मेदवारविरुद्ध बागी...

बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्