
जनकपुर, ४ असार-कोरोना महामारीका कारणले गत ८१ दिनदेखि बन्द रहेको हिन्दुहरूको आस्थाको केन्द्रको रूपमा रहेको जनकपुरधामको जानकी मन्दिर पूजापाठका लागि खोलिएको छ । महामारीको नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको लकडाउन अवधिमा मन्दिरको मूल ढोका बन्द रहको थियो ।
गत चैत्र १५ गतेदेखि जानकी मन्दिरको मूल ढोका बन्द गरिएकोमा अहिले खुल्ला गर्ने काम भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । पूजामा सोसल डिस्टेन्सलाई ध्यानमा राखिने उनले बताए ।