नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

 न्यूज विराट
नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई सो फर्माले हातमा लगाउने नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापामारी खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो ।

कोरोना भाइरसको महामारीले अहिलेको संवेदनशील अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १ सय ४९ थान बरामद गरी अनुसन्धान सुरु गरेको छ ।

क्यारेन्टाइनबाट बाँकी २३ फर्किए

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो ।

सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । रासस

सम्बन्धित समाचार

सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

काठमाडौं, ११ वैशाख-मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । बिहिबार दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।  अहिलेलाई नयाँ दलको...

संविधान जारी भएको ६ वर्ष पूरा, विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै

काठमाडौं, ३ असोज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

कांग्रेस नेता घिमिरेको ठहरः सभापति देउवाले ठूलो राजनीतिक भुल गरे

काठमाडौँ, ९ जेठ । नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले निर्दलीय चरित्र बोकेर ठूलो राजनीतिक भुल गरेको बतउनुभएको छ । उहाँले विभाजन नै नभएको एमालेका सांसदको हस्ताक्षर बोकेर प्रधानमन्त्री हुन पाउँ भनेर...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्