एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा नै गम्भीर भइसकेको बताएको छ । दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि उनका केही अंगले काम गर्न छाडिसकेका थिए ।
कोरोनाबाट मृत्यु हुने शिशु गुजरातमै सबैभन्दा कम उमेरका बिरामी हुन् । मंगलबारमात्रै गुजरातमा कोरोना भाइरसका २९ नयाँ बिरामी फेला परेका छन् । योसँगै सो राज्यमा कोरोना भाइरस संक्रमितको संख्या १७५ पुगेको छ ।