अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय

 न्यूज विराट
अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाखसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान १८ वैशाख (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी १८ वैशाखसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । आन्तरिक उडान ३ वैशाखसम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड- १९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा र्‍यापिड किटमार्फत् परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए ।

सम्बन्धित समाचार

एयर इन्डियाद्वारा २ सय पाइलटसँगको सम्झौता रद्द

कोरोना भाइरस संक्रमणपछि आर्थिक गतिविधि ठप्प भए पछि भारतको एयर इन्डियाले २ सय पाइलटसँगको सम्झौता रद्द गरेको छ ।विश्वभर कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि ठप्प बनेको छ भने अझै मन्दी छाउने आँकलन भइरहेका बेला...

प्रदेश १ मा सत्ता गठबन्धनबाट नेकपा (एस) की जयन्ती राई विजयी

विराटनगर, १२ माघ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनममा प्रदेश १ मा सत्ता जगठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा (एस) की नेतृ जयन्ती राई विजयी भएकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्...

२ सातामा विदेशबाट ७ हजार नेपालीको उद्धार 

काठमाडौं, १० असार-कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन...

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ,  १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...

ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने

नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको...

बजाज रिभिएस भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू

विराटनगर, १३ फागुन । बजाज रि विएस् भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द्र एण्ड कम्पनी लिमिटेडले बजाज रि वीएस्...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्