जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

 न्यूज विराट
जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोप

जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ परेका छन् । ५ हजार पर्ने थर्मोमिटरलाई १५ हजारमा बिक्री गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । उनलाई प्रहरीले नक्सालबाट पक्राउ गरेको हो ।

उनले केही दिनअघि नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउने इन्फारेड थर्मल गन र एन ९५ मास्क लगायतका मेडिकल सामग्री ल्याएको र ती सामग्री बजार मूल्यभन्दा अधिक मूल्यमा बचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले लकडाउनको समयमा कालोबजारीका लागि कूटनीतिक सवारी प्रयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनले 209-HCC-1 नम्बरको निलो नम्बर प्लेटको कार चाढेर सोही गाडीमा ६७ ओटा थर्मोमिटरलाई १० लाख ५ हजार मूल्यमा बेच्न जाँदै गर्दा नक्सालबाट पक्राउ गरेको प्रहरीले जनाएको हो ।

सम्बन्धित समाचार

तेस्रो प्याब्सन कप : गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन् । विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा...

प्रदेश १ को संसद् बैठक आज पनि अवरुद्ध

विराटनगर, माघ २७–प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक सुरु भएलगत्तै उठेर विरोध गरेपछि प्रदेशसभाको आजको बैठक स्थगित भएको हो । प्रदेशसभाको बैठक सुरु भएलगत्तै...

लकडाउनबारे यसो भन्छन् सरकारका प्रवक्ता 

काठमाडाैं, २५ असोज-सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले लागू गरेका नियम नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन् ।  यद्यपि,...

प्रदेश १ कोरोना नियन्त्रण उन्मुख, अब ४१० जना सक्रिय संक्रमित

विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

३६ घण्टा व्रत बसेर सकियो जितिया पर्व 

धनुषा, २६ भदौ-मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र...

गोरखामा लोपोन्मुख तामे सालक भेटियो

गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्