भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु - News Birat

भारतमा एकैदिन थपिए ३ लाख ३७ हजार संक्रमित, ४८८ जनाकाे मृत्यु

न्यूज विराट

भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् ।

याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार ५५० ले कम हाे । बितेकाे २४ घन्टाकाे अवधिमा ४८८ जनाकाे मृत्यु भएकाे छ । यस्तै २ लाख ४२ हजार ६६७ जना संक्रमणमुक्त भएका मन्त्रालयले शनिबार जानकारी दिएकाे छ ।

अहिले भारतमा २१ लाख १३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । संक्रमणदर १७.२२ प्रतिशत छ । भारतमा काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या १० हजार ५० पुगेकाे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles