अर्का १ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ पुग्यो

 न्यूज विराट
अर्का १ जनामा भेटियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ६ पुग्यो

काठमाडौं, २० चैत-नेपालमा थप १ जनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी अपडेट दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।

छैटौँ केसका संक्रमित पनि चैत ४ गतेको कतार हुँदै नेपाल आएका व्यक्ति रहेको उनले बताए । यसअघि ५ जनामा संक्रमण देखिएकोमा १ जना संक्रमणमुक्त भएका छन् भने अन्यको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ११ सय ८४ जनाको कोरोना भाइरस संक्रमणको परीक्षण भएको छ । मन्त्रालयका अनुसार ४३ वटा परीक्षणमै रहेको र रिपोर्ट आउन बाँकी छ ।  धरान र पोखरामा पनि स्वाव परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

बेरुत विस्फोटमा ज्यान गुमाउने १५४ मध्ये ४३ सिरियाली नागरिक

एजेन्सी, साउन २४-लेबनानको राजधानी बेरुत शहरमा गत मंगलबार भएको शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले शनिबार जानकारी गराएको छ । दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका...

लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो । विश्‍व स्वास्थ्य...

विमानस्थलमा शंकास्पद वस्तुको आशंका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कताका लागि आन्तरिक उडानका...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्