प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

 न्यूज विराट
प्रेस युनियन मोरङले पत्रकारलाई बाँड्यो सुरक्षा सामाग्री

विराटनगर, चैत १९-नेपाल प्रेस युनियन मोरङले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । विश्वमा कोरोनाको महामारी फैलीरहेका दैनिक समाचार संकलनमा खटिइने सञ्चारकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै बुधबार सामाग्री वितरण गरिएको हो ।

अध्यक्ष कुमार लुईटेलका अनुसार एन–९५ मास्क, सर्जीकल मास्क, ग्लोब्स्, सेनीटाईजर , क्याप, किरीङ लगायतका सामागी संञ्चारकर्मीहरुलाई प्रदान गरिएको हो । सो सामाग्री फुजिमा आयल कम्पनी प्रा.ली, हिमगीरी हाईजेनीकबाट प्राप्त भएको हो । केही अपुग सामाग्री प्रेस युनियन मोरङले खरिद गरेको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेल, प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पुर्व केन्द्रीय सदस्य शंकर खरेल, निर्वातमान मोरङ युनियनका अध्यक्ष मिनकुमार नवोदीत , अध्यक्ष कुमार लुईटेल , सचिव गोपाल पोखरेलले ५० जना संञ्चार कर्मीलाई ती सामाग्री वितरण गरेका हुन् । बिहिबार पुर्वी मोरङका युनियन संम्बद्ध सक्रिय संञ्चारकर्मीहरुलाई प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष लुईटेलले जानकारी दिए।

सम्बन्धित समाचार

मनसुनपछि देशभर ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, २९ असार-सरकारले यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका...

एयर इन्डियाद्वारा २ सय पाइलटसँगको सम्झौता रद्द

कोरोना भाइरस संक्रमणपछि आर्थिक गतिविधि ठप्प भए पछि भारतको एयर इन्डियाले २ सय पाइलटसँगको सम्झौता रद्द गरेको छ ।विश्वभर कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि ठप्प बनेको छ भने अझै मन्दी छाउने आँकलन भइरहेका बेला...

नेइमारमाथिको रंगभेदी टिप्पणीबारे छानविन हुने

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्ट्राइकर नेइमारमाथि दुई खेलमा प्रतिबन्ध लगाइएको छ । मार्सेलीसँग भएको खेलका क्रममा विवाद गरेपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो। उनले आफूमाथि...

रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्र...

कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा...

आज विश्वकर्मा पूजा, बाबा विश्वकर्माको विधिपूर्वक पूजा गरिदै

काठमाडौं,  १ असोज-कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्