प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

 न्यूज विराट
प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

नमूना संकलन गरिएका १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । उनकाअनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । प्रदेश नं. १ बाट बुधबार थप ८ जनाको नमूना संकलन गरिएको छ ।

मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमूना संकलन गरिएको प्रवक्ता डा. मेहताले बताए । सुनसरी स्थित धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण शुरु भएपछि रिपोर्ट आउन छिटो भएको उनले बताए । ‘आज मात्रै १२ जनाको रिपोर्ट आयो । प्रदेशभरिमा आजसम्म कोरोना भाइरसका शंकास्पद १ सय १९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् ।’ उनले भने, ‘सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५/५ जना छन् ।’

उनका अनुसार बुधबारसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना विरामी भर्ना भएका छन् । ओखलढुङ्गा, उदयपुर र पाँचथर २/२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १/१ जना पुरुष आईसोलेसनमा भर्ना भएका हुन् ।

प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले जानकारी दिए । उनले प्रदेशभरीमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेको बताए ।

फिवर क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना विरामी आएको डा. मेहताले बताए । आज प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ७ थान वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

फोनिज मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको अध्यक्षमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका २ हरियाली सामुदायिक वनमा शनिबार सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

मदर मैरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगर – १५ दिपज्योती टोलमा रहेको मदर मैरी ईङलिस स्कुलले रजत जयन्ती मनाएको छ । ।स्कुल परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि धनपालथान गाउँपालिका अध्यक्ष...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्