लुम्बिनीमा दीप प्रज्वलन र विश्व शान्ति प्रार्थना

 न्यूज विराट
लुम्बिनीमा दीप प्रज्वलन र विश्व शान्ति प्रार्थना

रुपन्देही, २४ वैशाख-बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको कामना तथा संक्रमितको स्वास्थ्यलाभको काम गर्दै प्रार्थना गरेका हुन् ।

अहिले साँझ मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीयवासीको सहभागितामा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । गुरुआमाहरुले महापरित्राण पाठसमेत गरेका छन् ।

भोलि (बिहीबार) बुद्ध जन्मस्थलमा मनाइने २५६४ औँ बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिए पनि आजदेखि ३ दिनसम्म दीप प्रज्वलन, पूजा र प्रार्थना गरिने कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए । ‘बुद्धजयन्तीका अवसरमा मायादेवी मन्दिरमा बिहान प्रार्थना र साँझ दीप प्रज्वलन गर्छौँ, कोरोना भाइरसले गर्दा औपचारिक कार्यक्रम स्थगन गरिए पनि सामाजिक दूरी बनाएर पूजा र प्रार्थना गरिएको छ’ उनले भने ।

बुद्धजयन्तीका दिन बिहीबार २ हजार ५६४ दीप प्रज्वलन गर्ने तयारी गरिएको कामु सचिव राईले बताए । ‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेल मनाउने तयारी गरिए पनि कोरोना संक्रमणका कारण स्थगन गरिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको बन्दाबन्दीले कार्यक्रमको तयारी गर्न नसकिने र जोखिम बढ्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा विकास कोषले सबै कार्यक्रम स्थगन गरेको हो ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । रासस

सम्बन्धित समाचार

वी.पीको मेलमिलाप नीति पार्टीभित्र प्रयोग गरौ : पराजुली

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...

सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने

काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।...

प्रधानमन्त्रीको आक्रोश : भारतलाई सोध्नेवाला छु ‘सत्यमेव जयते कि सिंह’

काठमाडौं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि अतिक्रमणको विषयमा भारतसँग आक्रोश पोखेका छन् । मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भारतले आफ्नो मूल मर्मविपरीतको काम गरेको संकेत गरेका हुन् । भारतको निशान चिह्नले...

नाबुन दुहबीले मनायो जितिया पर्व

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल दुहबी नगर कमिटिले जितिया पर्व मनाएको छ । सुनसरीको दुहबीमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी जितिया पर्व मनाएको हो ।जितिया पर्वको अवसरमा नाबुन दुहबीले सांस्कृति कार्यक्रम पनि आयोजना...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...

सैनिक मुख्यालयमा सुरक्षा प्रमुखको बैठक

नेपाली सेनाको मुख्यालय भद्रकालीमा ४ वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको बैठक सोमबार बसेको हो । बैठकमा कोरोना भाइसर (कोभिड- १९)...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्