लकडाउन पुनः १ साता थपिँदै

 न्यूज विराट
लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ ।

लकडाउन बढ्नसक्ने भन्दै ७७ वटै जिल्लाका सुरक्षा निकाय र प्रशासनलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिइसकेको छ ।उपत्यकाबाट गाउँ फर्कन चाहनेका लागि एक दिन सवारी खोल्ने कि सरकारले नै त्यस्ता व्यक्तिलाई सम्बन्धित ठाउँमा पुर्‍याउने भन्ने विषयमा समेत छलफल चलिरहेको एक मन्त्रीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय र अस्पतालहरूले दिने सुझावका आधारमा थप रणनीति बनाउने तयारीमा रहेको सरकारले लकडाउन मात्रै नियन्त्रणको प्रभावकारी उपाय भएको ठहरसमेत गरेको ती मन्त्रीको भनाइ छ ।उनले सामाजिक दूरी कायम नगरेसम्म उपचार र अन्य सतर्कताले मात्र काम नहुने भन्दै थप १ साता लकडाउन थप्ने तयारी भइरहेको बताए ।

सरकारले १८ चैतको बिहान ६ बजेसम्मका लागि लकडाउन घोषणा गरेको छ । ती मन्त्रीका अनुसार भोलि या पर्सि लकडाउन थप गर्ने औपचारिक निर्णय हुनेछ ।

सम्बन्धित समाचार

बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर...

विराटनगरका यी स्थानमा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई लगाइँदैछ कोरोनाविरुद्धको खोप

विराटनगर, १४ माघ-विराटनगरमा बालबालिकालाई लक्षित गरि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विराटनगर महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै हालसम्म कोरोना भाइरसविरुद्धको खोप नलगाएका १२ बर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाका लागि खोप...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

साढे २ महिनादेखि ठप्प सार्वजनिक यातायात पुनः सञ्चालनसम्बन्धी छलफल सुरु

काठमाडौं, २६ जेठ-सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे २ महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्