‘लक डाउन’ उल्लंघन र अनुमतिबिना बाँडेपछी सेनिटाइजर नियन्त्रणमा: मेयर राई

 न्यूज विराट
‘लक डाउन’ उल्लंघन र अनुमतिबिना बाँडेपछी सेनिटाइजर नियन्त्रणमा: मेयर राई

विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी गर्दै लकडाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएर सुरक्षित राखिदिएको स्पष्ट पारेका हुन् ।

मेयर राईले नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले अत्यावश्यकीय वस्तु राहत स्वरुप वितरण गर्दा नगरपालिकाको अनुमति लिनुपर्ने र एकद्धार प्रणाली मार्फत वितरण गनुपर्ने निर्णय गरेकाले त्यसो नगरेको पाइएपछी नियन्त्रणमा लिइएको बताए । ‘पहिलो कुरा लक डाउन उल्लंघन गरिएको छ ।

काठमाडौँदेखी उर्लाबारी सम्मको मात्र पास ल्याएर रतुवामाईमा ल्याउन मिल्छ ? दोस्रोकुरा कहिले विक्रिका लागि कहिले बाँड्न ल्याइएको भनिएको छ । खुल्ला बाँड्नका लागि २ गिलेन ल्याएको भेटियो । खुल्लाका बाँडेका कारण भोलि कुनै हानी नोक्सानी भयो भने त्यसको जिम्मेवारी कसले लिने ? सहि भए त ठिकै हो । गलत भए त्यसको अपजस नगरपालिकाले लिनुपर्छ ।’ उनले भने,‘सम्बन्धीत व्यक्तिलाई हामीले बाँड्न आमन्त्रण गरेका पनि छैनौँ । सरकारले घोषणा गरेको लक डाउन पूर्ण पालना गरेका हौँ । अहिलेको अवस्थामा हामी आफै स्क्रीनिङमा लागि रहेका छौँ । प्रचारप्रसार गरिरहेका छौँ । यो अवस्थामा लकडाउन उल्लंघन गरेर वरिष्ठ समाजसेवी हुँ भन्दै देखाउनुपर्ने कारण के ?’

मेयर राईले राहत समाग्री अत्यावश्यक ठाउँमा नपुग्ने सम्भावनालाई मध्यनगर गर्दै विपद व्यवस्थापन समितिकै बैठकले अनुमति विना कुनै पनि व्यक्ति र संघ संस्थालाई वितरणमा रोक लगाइएको स्पष्ट पारे । ‘लक डाउन उल्लंघन गर्ने छुट कसैलाई पनि छैन । स्थानीयतहको अनुमति बिना राहत मनपरि बाँड्न पाइदैन । नगरपालिकाको विपद व्यवस्थापन समितिलेनै यस्तो निर्णय गरेको छ ।’ उनले भने,‘व्यापारका लागि हो भने पनि सम्वन्धीत स्थानिय तह हामीसँग अनुमति लिनेकि नलिने ? लक डाउन उल्लंघन गरेर व्यापार गर्न पाइन्छ कि पाइदैन ? लकडाउन उल्लंघन गरेर व्यापार गर्न छुट् छ ? मोबाइल गाडीमा त्यसरी सामान बोक्दै हिड्न पाइन्छ ? तर, व्यापारका लागि भन्दा पनि बाँड्दै गरेको हामीले भट्यौँ, त्यसको फोटो पनि छ ।’

मेयर राईले राहत वितरण बाँड्न रोक नलगाएको बताउँदै अनुमति लिएर बाँड्न सवैलाई आग्रह गरेका छन् । ‘हामीले नबाँड्न भनेकै होइन । जोखिमयुक्त ठाउँ छुट्याएका छौँ । अनुमति लिएर बाँड्ने भए हामी अति आवश्यक ठाउँ देखाइदिन्छौँ । राहत बाँडेको क्रेडिट हामीलाई चाहिएन, तर नगरपालिका मार्फत समन्वय गरेर हुनुपर्यो नि । मनपरि गरेर त भएन नी ।’ उनले भने,‘ व्यापरका लागि भए इटहरीहुँदै विराटनगर जान छाडेर सिजुवाबाट किन आउनुपर्यो ? त्यसैले नियन्त्रणमा लिएर सुरक्षित राखिदिएका हाँै । सम्बन्धी ठाउँको अनुमति लिएर आए दिन्छौँ ।’

मेयर राईले नगर कार्यपालिकाको आइतबार बस्ने बैठकले स्यानिटाइजरका विषयमा आवश्यक निर्णय लिइने जानकारी दिए । उनले स्यानिटाइजर नियन्त्रणमा लिएको सामान्य कृुरालाई राजनितिक रंग दिन खोजेको आरोप लगाए । ‘यहाँ संसारमै मानव अस्तित्व संकटमा छ । मान्छेनै रहला कि नरहला भन्ने चिन्ता छ ।’ उनले भने,‘यो अवस्थामा सहि कामलाई पनि राजनिति रंग दिनु गलत हो । हामीले नियन्त्रणमा लिएको स्यानिटाइजर नगरपालिकामा सुरक्षित छ ।’

यता स्यानिटाइजर धनी निलम खड्काले संघिय राजधाजनी काठमाडौंदेखि सवै प्रकृया पुरा गरेर विक्रिका लागि ल्याएको १ हजार ५० थान सेनिटाइजर मेयर राईले नियन्त्रणमा लिएको आरोप लगाए । उनले सवै कानुनी प्रकृया पुरा गरेर विक्रिका लागि ल्याइएको दावी गर्दै अत्यावस्यक वस्तु नियन्त्रणमा लिनु आश्चर्यजनक भएको बताए ।

उनले काठमाडौंदेखि १ हजार ५ सय थान सेनिटाइजर ल्याइएकोमा इनरुवा, इटहरी, उर्लाबारी रतुवामाईको सोमबारे हुँदै डायनियाँ, रंगेली र विराटनगर लगायतका ठाउँमा पुर्याउनका लागि लगिँदै गरेको दावी गरे । खड्काले सडकमा पर्ने अन्य पालिकाहरुले कुनैपनि अवरोध नगरेको बताए ।

सम्बन्धित समाचार

उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी...

विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर...

नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘नेपाल संवत् ११४२’...

विराटनगरमा ब्यूटि पार्लर तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटिपार्लर तालिम सुरू भएको छ । सिक्वीन ब्यूटि पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्यूटि पार्लर तालिम सुरू भएको हो । ब्यूटिपार्लर तालिमको...

आज लक्ष्मीपूजा, कुकुर तिहार पनि आजै

काठमाडौं, २९ कात्तिक-यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका...

संघीय सरकारविरुद्ध प्रदेश २ सरकार पुनः अदालत जाने

जनकपुर, फागुन २३–अधिकार प्राप्तिको विषयमा संघीय सरकारसँग संघर्ष गर्दै आएको प्रदेश २ को सरकारले पुनः एक पटक संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ । संघीय सरकारले गरेको वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६...

महिला क्रिकेट प्रतियोगिता सुरु, विराटनगरका चार स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा महेन्द्र, सरस्वती , आर्दश र आर्दश बालिका स्कुल विजयी भएको...

‘लकडाउन’मा अत्यावश्यक सेवामा खटिनेलाई निःशुल्क खाना

काठमाडौं, २६ चैत-कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौंको डल्ले रेष्टुराँले भने अहिले अत्यावश्यकीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्