अस्पतालमा रहेका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे

 न्यूज विराट
अस्पतालमा रहेका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे

अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न अस्पताल गएका छन् ।

ओली अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना भएका थिए । उनी महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा छन् ।

प्रधानमन्त्री बिरामी भएर अस्पताल भर्ना भएपछि प्रचण्ड उनलाई भेट्न पुगेका हुन् । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार प्रचण्ड बिहान साढे ११ बजेतिर महाराजगञ्ज पुगेका थिए । ओली र प्रचण्डबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र कोरोना भाइरसको महामारीबारे झन्डै आधा घन्टा कुराकानी भएको थियो ।

मुटुको चालमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार मध्यरातमा अस्पतालमा लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र शुक्रबार साँझसम्ममा डिस्चार्ज गरिने चिकित्सकहरूले बताएका छन् ।

सम्बन्धित समाचार

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

कोशी प्रदेशमा बजेट सम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः...

तस्वीरमा लकडाउन पछिको विराटनगर (फोटो फिचर)

विराटनगर, साउन १७–समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि विराटनगर महानगरपलिकाभित्र लकडाउन भएको छ । शुक्रबार मध्यरातिदेखि लागू हुने गरि साउन ३० गतेसम्म महानगरले लकडाउन घोषणा गरेपछि शनिबार विहानैदेखि विराटनगर ठप्प बनेको छ । लकडाउनको कारण...

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट

काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...

आजदेखि स्वस्थानी व्रत सुरु

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने छ । आजदेखि माघ स्नान गर्ने र घरमा सात्विक भावले भक्तिपूर्वक श्रीस्वस्थानीको पूजा आराधना गरी...

प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय

प्रदेश ५ को सरकारले २०७७ सालमा प्रदेशको तर्फबाट  ६ दिनको बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २...

शेरधन मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

भोजपुर । नेकपा(एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा...

बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित युवकको मृत्यु

विराटनगर, १६ वैशाख । सुनसरीको धारानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वषीय युवक रहेका छन् । ९ वैशाखमा कोरोना पोजिटिभ देखिएका उनको प्रतिष्ठानको कोभिड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्