आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

 न्यूज विराट
आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले एआईजी पदको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आइजीपी ज्ञवालीले एक कार्यक्रम विच दज्र्यानी चिन्ह प्रदान गरेको थिए । बढुवा भएका तीनै जनालाई नेपाल सरकार (मन्त्रीपरिषद) को ९ चैतको निर्णयले एआईजीमा बढुवा गरेको थियो ।

बढुवा भएका एआईजीहरुलाई आईजीपी ज्ञवालीले बधाई दिँदै पदोन्नति पछिको सांगठनिक योगदान थप महत्वपूर्ण हुने विश्वस ब्यक्त गरे ।‘तपाईहरुको कडा मेहनत, लगनशिलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति हुनु भएको छ । भावि रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ तपाईहरुको भूमिका हुनेछ भन्ने आशा छ,’ आईजीपी ज्ञवालीले भने ।

सम्बन्धित समाचार

व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघको माग

विराटनगर, १६ वैशाख । अग्रपंक्तिमा रहने व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराटनगरका व्यवसायीहरुले माग गरेका छन् । अग्रपंक्तिमा रहेर उपभोक्ताहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउने व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन विराट व्यापार संघले प्रदेश सरकारसँग माग...

भारतमा एकै दिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

एजेन्सी, ६ असोज-भारतमा एकै दिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामी संक्रमणमुक्त भएका छन् । केन्द्रीय...

११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना...

विराटनगरका चर्चित इएनटीका डाक्टर कैलाश श्रेष्ठको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगरका चर्चित डाक्टर कैलाश श्रेष्ठले विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलबाट सेवा सुरु गरेका छन् । नाक, कान, घाटीका सिनियर कन्सलटेन्ड डा. श्रेष्ठले आइतबारदेखि मकालु एभरेष्ट हस्पिटलमा स्वास्थ्य सेवा सुरु दिन थालेका हुन् । आइतबार...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

औषधी व्यवसायी संघ मोरङद्धारा माक्स तथा सेनिटाइजर वितरण

विराटनगर, चैत ७–नेपाल औषधी व्यवसायी संघ मोरङले शुक्रवार विराटनगरको तीनपैनी चौकमा कोरोना भाइरस(कोभिड १९) को संक्रमण हुनबाट जोगाउने उद्देश्यले माक्स वितरण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाको...

आज सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिन्छ । विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा...

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकार पक्षले बहस गर्ने

काठमाडौं, १४ चैत । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ । आज (सोमबार) देखि सरकार पक्षका वकिलहरूले बहस गर्ने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई १२ घण्टा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्