तलब मात्र होइन, कोरोना भाईरस नियन्त्रणका लागि सरकार र पार्टीले गर्ने जुनसुकै निर्णय कार्यान्वयनः पूर्वमन्त्री मण्डल

 न्यूज विराट
तलब मात्र होइन, कोरोना भाईरस नियन्त्रणका लागि सरकार र पार्टीले गर्ने जुनसुकै निर्णय कार्यान्वयनः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद मण्डलले कोरोना संक्रमण फैलन नदिन र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारलाई जस्तोसुकै सहयोग गर्नसमेत तयार रहेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर इन्चार्ज समेत रहेकाम सांसद मण्डलले विश्वभर माहामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस(कोभिड–१९) को उच्च जोखिममा नेपाल समेत रहेकाले सरकारले र पार्टीको संसदीय दलले कोरोना भाइरसकाका विरुद्धमा गर्ने जस्तोसुकै निर्णय कार्यान्वयन गरिनुपर्ने बताए ।

‘यतिबेला मुलुक कोरोना भाइरसको त्रासमा छ । यस्तो अवस्थामा सवैले सरकारलाई सहयोग गर्नुपर्छ ।’ उनले भने,‘यसको नियन्त्रण र रोकथामका लागि मेरो १ महिनाको तलब मात्र होइन पार्टी र सरकारले गर्ने जस्तोसुकै निर्णय म मान्न तयार छु । र अरुले पनि अग्रसरता देखाउनुपर्छ ।’

उनले कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश ‘लक डाउन’ गरेकाले हेल्चेक्र्याईँ नगर्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् । सांसद मण्डलले कोरोना भाइरसको संक्रमणबाट बच्न घर वाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन समेत सवैलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

काठमाडौं, १३ साउन-अघिल्ला दिनमा भन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकाका ३ जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको...

दिल्लीको दृश्य दोहोरिन सक्ने विराटनगरका चिकित्सकको चिन्ता

विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा...

१६ जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर–मोरङको रतुवामाई नगरपालिका–८ दाम्राभिट्टाबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रवार राती स्थानीय सागर गड्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई...

जाडोमा यसरी दाँतको ख्याल गर्ने

डा. सुधीर श्रेष्ठ चिसो बढ्दै जाँदा स्वास्थ्य समस्याहरु पनि देखिन थाल्छन् । गर्मी होस् वा जाडो, मौसमअनुसार मानिसको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।मानिसमा देखिने अनेक स्वास्थ्य समस्यामध्ये एक हो– दाँतको दुखाइ । विभिन्न कारणले दाँत...

पाँच दलीय गठबन्धनलाई एमाले काफी छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैको बैशाखी टेकेर चुनाव नलड्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको बताए । ‘पाँच...

मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...

प्रदेश ५ ले गर्‍यो गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

काठमाडौं, ८ जेठ-रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्