पञ्जाबबाट आएका २ जनालाई परिक्षणका लागि धरान पठाइयो

 न्यूज विराट
पञ्जाबबाट आएका २ जनालाई परिक्षणका लागि धरान पठाइयो

विराटनगर, चैत ११–भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना इनरुवा र अर्का महेन्द्रनगर चक्रघट्टीका रहेका छन् । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना संक्रमणको जोखिम बढेपछि हिजो घर फर्किएका थिए ।

इनरुवा घर भएका युवामा ज्वरो देखिएपछि उनलाई इनरुवा नगरपालिकाले बस चोकमा संचालनमा ल्याएको क्वारेन्टाइन स्थलमा पु¥याइएको थियो । क्यारेन्टाइनमा खटिएको टोलीले अस्पतालको सिफारिस आवश्यक पर्ने भनि फर्काए पछि इनरुवा अस्पतालका मेसु डा.सन्तोष राईले चेकजाँच गरेका थिए । डा.राईका अनुसार इनरुवा घर भएका युवामा ज्वरो देखिएको छ । सामान्य रुपमा सुख्खा खोकी लागेको भएपनि स्वासप्रश्वासमा भने समस्या नदेखिएको राईले जानकारी दिए ।

उनीसँगै भारतबाट आएका अर्का युवालाई समेत अस्पतालमा चेकजाँच गरिएको डा. राईले बताउनुभयो । अस्पतालले चक्रघट्टीका युवाको स्वास्थ्य अवस्था भने पूर्ण रुपमा सामान्य रहेको जनाएको छ । यद्यपी इनरुवा अस्पतालले भारतमा कोरोनाको संक्रमण देखिएको र संवेदनशील क्षेत्रबाट आएको हुँदा संक्रमण हुन सक्ने आशंकामा दुवै युवालाई थप परीक्षणका लागि धरान रेफर गरिएको जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले समेत इनरुवा अस्पताल पुगेका युवाहरुलाई थप परीक्षणको व्यवस्था मिलाउन भनिएको बताउ । यसैगरी इनरुवा अस्पताल प्रशासनले समेत दुवै युवा भारतबाट आएको हुँदा आवश्यक थप स्वास्थ्य परीक्षणका लागि धरान पठाइनुलाई संक्रमणसँग जोडेर नलिन भनेको छ । संक्रमण हुन सक्ने आंशकाका आधारमा थप परीक्षण गर्न उनीहरुलाई रेफर गरिएको उसले प्रष्ट्याएको छ । इनरुवा अस्पतालमा जाँच गरिएका दुवै युवा भारतबाट रक्सोल नाका हुँदै सुनसरी आइपुगेको बताइएको छ ।

सम्बन्धित समाचार

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका...

प्याब्सन स्पोर्टस मिट, रोड रेसमा मिनील्याण्ड, पब्लिक सेन्ट्रल र ग्रिनभ्याली बिजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो...

क्रिकेट संघ मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा मोहम्मद साद चयन

विराटनगर । नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु निर्विरोध निर्वाचित भएका छन्। बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद साद निर्विरोध निर्वाचित भएका हुन्। मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र...

पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा...

इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको...

सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार

विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...

तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्