तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात
सोमबार, २८ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् ।
प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय भएका हुन् ।
विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा ग्यालेक्सी स्कुलले अर्पन स्कुललाई १–० गोलले पराजित गर्यो । जितको लागि ग्यालेक्सीका एमडी मासुमले निर्णायक गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीले २–१ गोलले हरायो । जितको लागि मदरल्याण्डका खेमराज हमालले व्यक्तिगत दुई गोल गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा दर्पनले विराट शिक्षा स्कुललाई २–१ गोलले पराजित गर्यो । जितका लागि दर्पनका शुवास राजवंशी र आशन थापा मगरले गोल गरे । विराट शिक्षाको तर्फबाट सान्तवना गोल रन्जित दनवारले फर्काए । चौथो खेलमा मोर्डन एरा स्कुलले टाईब्रेकरमा बिकेभिएम स्कुललाई २ –१ गोलले निरास बनायो । टाईब्रेकरमा मोर्डन एराका अमन माझी र सुशान्त रोइलाले गोल गरे । बिकेभिएमको तर्फबाट डेनिस लामिछानेले मात्र गोल गरे । खेलको प्लेर अफ द म्याच मोर्डन एराका गोलकिपर रोनकराज धामी घोषित भए । निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
मंगलबार तीन खेल हुनेछ । पहिलो खेल गौतम बुद्ध मेमोरियल स्कुल र सप्तकोशी स्कुल, दोस्रो खेल विनायक बोर्डिङ स्कुल र गोदावरी स्कुल बीच हुनेछ भने तेस्रो खेल सेन्ट जोसेफ र देवकोटा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । असार ५ गते हुने प्रतियोगिताको फाइनलमा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उने खेल क्षेत्रको विकासमा स्कुल तहबाट गरिएको प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए ।
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी...
उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको दशौं नगरसभामा शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।...
विराटनगर । तस्करीको कपडासहित इलका प्रहरी कार्यालय रानी विराटनगरले दुई जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १६ मुसरी बस्ती छेउ उखु बारीमा भारत बाट नेपाल तर्फ भन्सार छली गरेर ल्याएको कपडासहित दुई जनालाई प्रहरीले...
गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...
कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ । भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान...
विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...
काठमाडौं, २२ वैशाख-संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस भएका छन् । गत २ चैतमा महासचिव मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सो पद रिक्त थियो । संसदको बजेट अधिवेशन २६ वैशाखबाट सुरु हुने भएपछि गौतम महासचिवमा...
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...