आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो

 न्यूज विराट
आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो

काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै कालीमाटी बजारमा एक हजार १६५ मेट्रिकटन तरकारी भित्रिएको छ ।

जबकि अघिल्ला दिनमा दैनिक सात/आठ सय मेट्रिकटनको हारहारीमा मात्रै भित्रिएको थियो । शनिबार भित्रिएको तरकारीमध्ये कालीमाटीमा प्याज मात्रै २६० मेट्रिकटन भित्रिएको छ भने आलु २२५ मेट्रिकटन तरकारी भित्रिएको छ र अरू अन्य तरकारी भित्रिएका हुन् ।

सो समितिका उपनिर्देशक विनय श्रेष्ठले तरकारीको आपूर्ति बढे पनि माग ह्वात्तै बढेकाले गोलभेँडा, आलु, काउलीलगायतका तरकारीको भाउ महँगो भएको बताए ।गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

सर्वोच्चको फैसलाको जनतामाझ भण्डाफोर गर्ने एमाले संसदीय दलको निर्णय

नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाको जनतामाझ भण्डाफोर गर्ने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थालाई प्रोत्साहन गर्ने भएकाले त्यसविरुद्ध जनतामाझ जाने निर्णय भएको प्रमुख...

लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...

भोलि बिहानदेखि देशभर ‘लकडाउन’

सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६२ संक्रमित थपिए, १६१ डिस्चार्ज

विराटनगर, ९ मंसिर प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरङमा ८५, इलाममा ११ , संखुवासभामा तीन, पाँचथर, तेह्रथुम र उदयपुरमा...

नेपालगञ्जमा संक्रमितको संसर्गबाट १४ जनामा कोरोना संक्रमण

बाँके, २२ वैशाख -नेपालगञ्जमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यहाँस्थित भेरी अस्पतालको आरटी पीसीआर यन्त्रमा परीक्षणका क्रममा आइतबार मात्रै १४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि कोरोना संक्रमण देखिएका व्यक्तिलाई पछ्याउँदै जाँदा...

२४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ साउन-नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना देखिएको बताए । उनका अनुसार...

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं, ८ साउन-२६ र २७ साउनको लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि सरेको छ । महासंघका पूर्वअध्यक्षहरूसहितको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिने गरी गरेको निर्णयदेखि १५ दिनभित्र साधारणसभा गर्ने गरी निर्णय...

कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बन

काठमाडौं, माघ २२–नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सांसद पद निलम्बन भएको छ । नेता गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गर्न पदमा बसी भूमिका खेलेको भन्दै भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्