जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

 न्यूज विराट
जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा रोक

रकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएसम्म विदेश भ्रमणमा नजान आइतबार जनप्रतिनिधि र कर्मचारीलाई निर्देश गरेको हो।

‘कोरोना नियन्त्रणमा व्यक्तिगत, सामूहिक र संस्थागत सजगता आवश्यक देखिएकाले यसका लागि नेपाल सरकारबाट ठूला जमघटका कार्यक्रम नराख्ने, वैदेशिक भ्रमणमा सजगता अपनाउनेलगायत विषयमा सबै सरकारी र जनप्रतिनिधिमूलक निकायलाई जानकारी गराइसकिएको छ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ, ‘यस सन्दर्भमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्थाको निमन्त्रणामा हुने वैदेशिक भ्रमणमा सहभागिता जनाउन जोखिमपूर्ण देखिएकाले सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीलाई कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म विदेश भ्रमणका कार्यक्रम अघि नबढाउन अनुरोध छ।’नागरिक दैनिकबाट

सम्बन्धित समाचार

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

राष्ट्र बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण

काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना...

अधिकांश क्षेत्रमा वर्षा : नदीमा बढ्यो बहाव

काठमाडौं, १३ असार-शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

सुनसरीको बराहक्षेत्रमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । सुनसरीको बराह क्षेत्रमा करेन्ट लागेर एक जनााको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका—६ जब्दी की ३७ बर्षीया सरस्वती श्रेष्ठ रहेकी छिन् । आइतबार राति साढे सात बजेतिर घर अगाडीको...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि, एमाले भन्छ- अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँ

सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

भाजपा विदेश विभाग इन्चार्जले भेटे प्रधानमन्त्री

नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्