विराटनगरमा लाग्दै आएका हाटबजार बन्द, सुपर मार्केटहरुमा पनि छैन सतर्कता

 न्यूज विराट
विराटनगरमा लाग्दै आएका हाटबजार बन्द,  सुपर मार्केटहरुमा पनि छैन सतर्कता

विराटनगर, चैत ९ –कोरोनाको रोकथाम र नियन्त्रणका लागि भन्दै विराटनगर महानगरपालीकाले महानगर क्षेत्रमा लाग्दै आएको साप्ताहिक हाटबजार आजबाट हटाउने निर्णय गरेको छ । विराटनगर महानगरपालिका भवनसँगै जोडिएको सडकमा दशकौंदेखि लाग्दै आएको साप्ताहिक शनिबारे लगाउने तयारी भएपनि महानगरको आग्रह पछि उठेको छ ।

विराटनगर महानगरपालिकाले हाटबजार बन्द गरेपछि भने यहाँका सुपर मार्केटहरु मालामाल भएका छन् । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट विराटनगर , सेन्ट्रल मल, नेपाल बजार, आरके मल लगायतका सुपर मार्केटहरु भने शनिबार निर्वाधरुपमा सञ्चालनमारहेका छन् । सुपर मार्केटहरुमा अझै पनि आम सर्वसाधरण उपभोक्ताको भीड नियमित जस्तै छ । तर, सतर्कता भने नअपनाइने गरेको पाइएको छ ।

सरकारले २५ जना भन्दा बढी मानिस भीड नगर्नु भनेसँगै यस क्षेत्रका सपिङ मलमा भने शनिबार पनि उपभोक्ताहरुको ठूलो घुँइचो लागेको थियो । हजारौं उपभोक्ताहरु सुपर मार्केटमा जम्मा हुँदा पनि त्यहाँ सुरक्षाको कुनै उपयुक्त विधि अपनाइएको छैन । न त ज्वरो परीक्षण गर्ने थर्मोगनको प्रवन्ध गरिएको न त हात धुने र स्यानिटाइजरको प्रयोग गरिएको छ । खुला बजारहरुमा कडाई गरेपनि महानगरले यहाँका सुपरमार्केटको सुरक्षामा कुनै ध्यान दिएको छैन ।

कोरोना संक्रमणप्रति सरकार संवेदनशील भएको र आइतबारदेखि सबै सार्वजनिक सवारी साधनसमेत बन्द गर्ने घोषणा गरेपछि बल्ल विराटनगर महानगरपालिकाले निजी अस्पताल र अन्य पक्षसंग छलफलमा जुटेको छ । यसैगरी हरेक शनिबार विराटनगरको बुधहाट चोकमा लाग्ने लत्ताकपडाको बजार पनि उठाइएको छ । बिहानैबाट लत्ताकपडाको सस्तो बजारमा भिड लागेपछि महानगरले बजार बन्द गर्न भनेको थियो । महानगरको आग्रह अनुसार खुद्रा व्यापारीहरुले पसल बन्द गरेका छन् । उनीहरु बिहान १० बजेट आफ्ना सामान पोका पारेर घर फर्किएका थिए ।

महानगरपालिकामा बसेको सर्वपक्षीय बसेको बैठकमा साप्तहिकरुपमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । कोरोना भाईरसको संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले साप्ताहिक हाटबजार केही दिनका लागी बन्द गर्ने निर्णय गरिएको मेयर पराजुलीलले बताए ।

कोरोना भाइरसबाट सतर्कता अपनाउन सरकारले २५ जना भन्दा बढी मानिस भीडभाड नगर्नु भनेको छ । महानगरपालीका छेउमा साप्ताहिक रुपमा लाग्दै आएको हाट नगर प्रहरी खटाई व्यापार गर्न आएका व्यापारीलाई हटाएको थियो । अचानक महानगरपालीकाले निर्णय गरेका प्रति व्यापारीहरुले भने असन्तुष्टी जनाएका थिए ।

सम्बन्धित समाचार

श्रीमान्‌लाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...

पूर्णता नपाउँदासम्म थारू आयोगका क्रियाकलापले गति लिन नसक्ने

काठमाडौं, २३ असार-थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगले पूर्णता नपाउँदासम्म आयोगका क्रियाकलापलाई गति दिन नसकिने बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा सरकारले थारू आयोगलाई पूर्णता नदिएकाले आयोगका क्रियाकलापलाई गति...

चिकित्सकहरूले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं, २४ असोज-नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागको...

विराटनगरमा सडक महोत्सव सुरू, दैनिक सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव सुरु भएको छ । माघ १४ गतेसम्म लाग्ने सडक महोत्सवको उद्घाटन बिहीबार गरिएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै दैनिक सांस्कृतिक...

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

नयाँ दिल्ली १९ मङ्सिर-भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले...

प्रदेश १ प्रमुख प्यासीलाई कोरोना संक्रमण

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रमबार राति संक्रमण देखिएको उनको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए । प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार...

रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

मस्को, ७ कात्तिक-रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १...

रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्