संसारको सबैभन्दा गहिरो सुन खानीमा काम बन्द - News Birat

संसारको सबैभन्दा गहिरो सुन खानीमा काम बन्द

न्यूज विराट

एजेन्सी, जेठ १२-कोरोना भाइरसका १६४ संक्रमित देखिएपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुनखानी हो ।

एक महिना बन्द गरिएपछि गत महिनादेखि पुनः काम सुरु भएको थियो । कोरोना भाइरस फैलिएपछि त्यसलाई रोक्नका लागि दक्षिण अफ्रिकामा गत मार्चमा लकडाउन लागू गरिएको थियो ।

त्यस समयमा देशका सबै कारखाना र खानी समेत बन्द गरिएको थियो । कोरोना भाइरसको संक्रमण पाइएकामा कुनै लक्षण भने देखिएको छैन ।

कम्पनी एंग्लोगोल्ड अशान्तिले संक्रमित सबैलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ । गत साता एक जनामा कोरोना संक्रमण पाइएपछि ६५० जनाको परीक्षण गराइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles