रोटरी क्लब अफ विराटन डाउनटाउनको आयोजनामा महिलाहरुका तीन महिने सिलाई/कटाई तालिम सुरु

 न्यूज विराट
रोटरी क्लब अफ विराटन डाउनटाउनको आयोजनामा महिलाहरुका तीन महिने सिलाई/कटाई तालिम सुरु

विराटनगर, २३ साउन । निरन्तर सामाजिक कार्यमा सक्रिय रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा महिलाहरुका लागि तिन महिने सिलाई/कटाई तालिम सुरु भएको छ ।

गृहिणी महिला र युवतिहरुलाई आर्थिक रुपमा सवल बनाउन डाउन टाउनले तीन महिने निःशुल्क सिलाई/कटाई तालिम सञ्चालन गरेको हो । विराटनगर–४ स्थित खार्जी टोलका महिलाहरुलाई स्वरोजगार बनाई आर्थिकरुपमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

आइतबारदेखि सुरु भएको तालिममा स्थानीय २० जना महिलाहरुको सहभागीता रहेको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । तालिमको उद्घाटनमा वडाध्यक्ष जितेन थापा, सन्तोष तोदी, मुक्ता तोदी, लता तोदी, निरु नेवटिया, क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको डाउनटाउनकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् ।

 

सम्बन्धित समाचार

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना सङ्क्रमित, ६ जनाको मृत्यु

काठमाडौं,  ३० कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ७६ जनाको...

कोरोनाबाट उपत्यकामा ५ सहित थप १४ जनाको निधन

काठमाडौं, २७ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा तीन महिला र ११ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।  मन्त्रालयका अनुसार...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन

काठमाडौं, २६ वैशाख-संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक सुरू हुँदै छन् । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरू अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी...

मंगलबारे शिक्षा र स्वास्थ्यको हब: गुरु बराल

विराटनगर, असार २–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गुरुप्रसाद बरालले संघीय, प्रदेश र स्थानीय सरकारको लगानीमा मंगलबारेलाई शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा अघि बढेको बताएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारीका...

२४ घण्टामा देशभर ३८१ जनामा संक्रमण पुष्टि, १३० जनाले जिते कोरोना

काठमाडौं, २१ साउन-देशभर पछिल्लो २४ घण्टाको अवधिमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर...

प्रदेश १ मा दलित अधिकारका लागि ऐन बन्ने, अधिकार सम्पन्न संरचना समेत स्थापना गरिने

विराटनगर, २७ जेठ । प्रदेश १ मा दलित समुदायको अधिकार सूनिश्चीतताका लागि ऐन बन्ने भएको छ । प्रदेश १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति...

पुराना घर नक्सा पास गर्ने बारे सूचना

  रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्