राशिफल

भारतमा फेरि बढे कोभिड बिरामी, दैनिक १० हजार संक्रमित थपिँदै

 न्यूज विराट
भारतमा फेरि बढे कोभिड बिरामी, दैनिक १० हजार संक्रमित थपिँदै

एजेन्सी । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवालले भने । उनका अनुसार भारतमा अहिले औषतमा दैनिक १० हजार संक्रमित भेटिएका छन् ।

केरला र महाराष्ट्रमा कोभिडका १० हजार सक्रीय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३ हजार १५४ जनामा कोभिड संक्रमण देखिएको थियो । ‘पछिल्लो समयमा प्रष्ट रुपमा कोभिड संक्रमित बढेको देखेका छौं । दिल्लीमा दिनहुँ दैनिक संक्रमित दोब्बरले बढेका छन् । महाराष्ट्र, पन्जाब, हरियाणा, झारखन्ड, पश्चिम बंगालमा निरन्तर कोभिड बढिरहेको छ ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । तर कोभिड संक्रमित बढे पनि मृत्यु भने स्थिर रहेको जनाइएको छ ।

कोभिडको नयाँ संक्रमण ओमिक्रोनका कारण विश्वभर कोभिड संक्रमित बढेका छन् । नोभेम्बरमा दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन भारतलगायत ९० देशमा फैलिएको छ ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या ९६१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महाराष्ट्रमा पछिल्लो एक महिनामा साढे तीन प्रतिशतले संक्रमित बढेका छन् ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...