राशिफल

बिरामी–चिकित्सक दुवै असुरक्षितः भनसुनपछि मात्र भर्ना

 न्यूज विराट
बिरामी–चिकित्सक दुवै असुरक्षितः भनसुनपछि मात्र भर्ना

प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो।

ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार गर्न आनाकानी गरिरहेका छन्। ज्वरो र रुघाखोकी देखिएका बिरामीलाई अस्पतालले गेटबाटै फर्काएका छन्।

रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना गर्न नमानेपछि नवलपरासीको रामग्राम १६ हकुईका एक युवा ९ दिनपछि मुख्यमन्त्रीको निर्देशनमा लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको छ।

चैत २ गतेदेखि नवलपरासी, रुपन्देही र काठमाडौंका निजी तथा सरकारी अस्पताल चहार्दा पनि कसैले भर्ना लिन नमानेपछि बिरामीका छिमेकीले नवलपरासीका केही मिडियाकर्मीलाई सूचना पु¥याएका थिए। यो सूचना बाहिरिएपछि जताततै आलोचना भयो। मुख्यमन्त्री शंकर पोखरेलले यो सूचना थाहा पाएर उपचारका लागि दबाब दिएपछि बल्ल प्रादेशिक अस्पतालले ती युवालाई भर्ना लिएर उपचार थालेको छ। उनलाइ आइसोलेसनमा राखिएको छ।नागरिक दैनिकबाट

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...