इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु - News Birat

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

न्यूज विराट

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ ।

पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल तथा स्कुटर दिने गरी महाएक्चेन्ज मेला लगाइएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोग पराजुलीले जानकारी दिए ।

नयाँवर्ष २०७८ लाई लक्षित गरी ग्राहकहरुलाई छुटको व्यवस्था सहित एक्चेन्ज मेलामा ग्राहकहरुलाई पुरानो मोटरसाईकल तथा स्कुटरको बजार मुल्यभन्दा १५ हजार बढी मुल्याँकन गरिने र नगद किन्नेहरुलाई दश हजार छुटको व्यवस्था समेत मेलामा रहेको पराजुलीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles