तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

 न्यूज विराट
तिहार पर्व : मौलिक देउसीभैलो हराउँदै

सुशीला रेग्मी

रामपुर (पाल्पा), १९ कात्तिक-तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।

देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन । भैलेनी आयौँ आँगन बडाली कुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम । हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको, आहैँ औँसीको बार गाईतिहार भैलो ।

हामी त्यसै आएनौँ बलिराजाले बोलाएका, आहैँ औँसीको बार गाईतिहार भैलीराम । यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको रामपुरका देवराज अर्याल बताउनुहुन्छ । “अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको छ, गीत गाएर देउसी खेल्दाको मज्जा नै धेरै आउँथ्यो, हिजोआज त ठूला–ठूला साउण्ड सिस्टम बोक्छन्, इन्टरनेटमा खोजेर गीत बजायो अनि नाच्यो, संस्कृति यसरी परिवर्तन हुँदैछ”, उहाँले भन्नुभयो ।

उज्यालै–उज्यालैको पर्वका रूपमा लिइने दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने तिहार पर्वले ढपक्कै गाउँघर बजारमा ढाकिसकेको छ । दाजुभाइ र दिदीबहिनीबीचको हाँसो, खुसी, मायाप्रेमलाई फराकिलो बनाउने तिहार पर्वमा बलिराजाको पालादेखि नै देउसीभैलो खेल्ने परम्परा चलिआएको कथन छ ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागतरूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो । स्थानीयवासी शिवकुमारी वाग्ले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताउनुहुन्छ ।

“औँसीका दिनबाट गाउँका साथीभाइ जम्मा भएर घरघरमा जाने कसैले देउसी भन्ने कसैले भट्याउँदै नाच्ने गरिन्थ्यो, अहिलेका पुस्तालाई सुनाउँदा आश्चर्य मान्ने अवस्था आइसक्यो”, उहाँले भन्नुभयो । गाउँगाउँमा सूचना प्रविधिको विकास हुँदै जाँदा मौलिक संस्कृति हराउन थालेको हो । परम्परादेखि नै चलिआएका संस्कार संस्कृतिलाई जोगाइराख्न सबै लाग्नुपर्ने रामपुरका कलाकार लक्ष्मी तिवारीको भनाइ छ । फ्याट्टफुट्टरूपमा अहिलेको देउसीभैलोमा विभिन्न ठाउँमा हिन्दी र अङ्ग्रेजी गीतले स्थान ओगट्न थालेको छ । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनुपर्ने देखिन्छ ।

केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि । जे भए पनि देउसी र भैलो खेल्ने निहुँमा हिन्दी र अङ्ग्रेजी गीतलाई स्थान दिन नहुने पनि धेरैको टिप्पणी छ । रामपुर युवा क्लबले भने यस वर्ष सामाजिक सन्देश प्रवाह गर्दै देउसीभैलो कार्यक्रम सुरु गरेको छ । ‘सफा रामपुर, उज्यालो रामपुर’ बनाउने उद्देश्यले क्लबले देउसीभैलो सुरु गरेको हो । रामपुरको मुख्य बजार बेझाड बजार क्षेत्रलाई सफा र उज्यालो बनाउन र परम्परालाई धान्नका निम्ति देउसीभैलो कार्यक्रम गरेको क्लबका सचिव सुन्दर कँडेलले बताउनुभयो । “सामाजिक कामको लागि क्लबका सदस्य मिलेर देउसीभैलो आयोजना गरिएको छ, यस कार्यक्रमाट सङ्कलित रकम सामाजिक क्षेत्रमा खर्चिने र पुरानो चलन रीतिरिवाजलाई कायम राख्न युवाहरु मिलेर देउसीभैलोमा निस्केका छौँ”, उहाँले भन्नुभयो । रातिमा देउसीभैलो खेल्न रोक जिल्लामा तिहार अर्थात् भाइटीकाको बेला रातका समयमा देउसीभैलो खेल्न नपाइने भएको छ ।

प्रशासनले साँझ ७ बजेपछि देउसीभैलो नखेल्न सूचना जारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था कायमै रहेकाले सकेसम्म देउसीभैलो नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थोरै सङ्ख्यामा साँझ ७ बजेसम्म मात्र खेल्न प्रशासनले आग्रह गरेको छ । सूचनामा देउसीभैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्वस्वीकृति लिनुपर्ने जनाइएको छ ।तिहारका बेलामा जुवातास खेल्ने÷खेलाउने र पटका, भुइँचम्पा तथा आतशबाजी गर्नेजस्ता क्रियाकलाप नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...

मृतक वडा अध्यक्ष र ५५ वर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...

तेली समाजले एक दर्जन विधामा काम गर्ने महिलालाई सम्मान गर्ने

विराटनगर । तेली कल्याण समाज मोरङ्गले महिलाहरुलाई सम्मान गर्ने भएको छ । जिल्ला कार्य समितिको केही दिन बसेको बैठकले तेली सामुदायमा विशेष योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने निर्णाय गरेको हो ।तेली समुदायको विशेष योगदान पुरÞ्याएका...

भारतमा अबको १२५ दिन क्रिटिकल हुने

भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...

चौथो एसइइ कप : चार स्कुल विजय

विराटनगर । चौथो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता चार वटा स्कुल विजय भएका छन् । विराटनगरमा बुधबार खेलमा अपर्ण, डिपिएस, स्मृति र शारदा स्कुल विजयी भएको हो ।प्रतियोगिताको पहिलो खेलमा...

चिनियाँ राजदूतको रहस्यमय मृत्युले इजरायलमा हलचल

एजेन्सी, जेठ ४–इजरायलमा नयाँ सरकारको शपथग्रहणभन्दा केही घण्टापहिले नै चिनियाँ राजदूतको रहस्यमय मृत्युले हलचल मच्चिएको छ । चिनियाँ राजदूत डू वेई तेलअभिवको हर्टजलियास्थित घरमा मृत फेला परेका थिए । यो घटनाको पुष्टि इजरायलको विदेश मन्त्रालयले...

श्री हस्पिटलमा नयाँ व्यवस्थापन, सर्जरीमा ल्यायो प्याकेज

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । २५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार...

हिमालय दर्शन कलेजमा ‘फुट टेस्ट’, विद्यार्थीले अतिथिलाई चखाए परिकार

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्