हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

 न्यूज विराट
हल्लाको भरमा ग्यास अभाव, नयाँ सिलिण्डर किन्नमा रोक

काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले चाहिनेभन्दा बढी ग्यास सञ्चय नगर्न पनि उपभोक्ताहरूलाई आग्रह गरेका छन् ।

बजारमा अहिले अन्य समयको तुलनामा ग्यासको आयात बढी नै रहेको भन्दै अनावश्यक भ्रममा परेर सञ्चय गर्दा बजारमा ग्यासको अभाव भएको संघको भनाइ छ । संघले ग्यास अभाव भएको हल्लाको पछाडि नलाग्न पनि उपभोक्तालाई आग्रह गरेको छ ।

संघले ग्यास बिक्रीवितरणका क्रममा उपभोक्तासँग घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर बिक्रीवितरण नगर्न नगराउन पनि डिलरलाई निर्देशन दिएको छ । संघले आमउपभोक्ताको हितलाई ध्यानमा राखेर विगतका दिनमा जस्तै नेपाल सरकार तथा सरोकारवाला निकायहरूसमेतको सहयोगमा आपूर्ति व्यास्था सहज राख्ने प्रतिवद्धता जाहेर गरेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज साविक विजेता एपीएफ र भुटान खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शनिबार साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ । विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज राती ७ बजे खेल...

प्रदेश १ का चार सचिवको सरुवा

विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो । प्रदेश १ का सचिवहरु मुख्यमन्त्री...

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

‘लक डाउन’ अवधिभर मजदुर तथा विपन्नलाई खाद्यान्नको व्यवस्था हुनपर्छः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत १६–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गरेर जिवनयापन गर्ने विपन्न सुकुम्बासी परिवारलाई तीनै तहका सरकारबीचको समन्वयमा खाद्यान्न उपलब्ध गराउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

धनगढीमा पनि कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिए

कैलालीको धनगढीमा पनि कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित बिरामी भेटिएका छन् ।सेती प्रादेशिक अस्पतालमा रहेका ३४ वर्षीय एक नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले...

प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्