आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

 न्यूज विराट
आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’, ‘मुक्त उन्मुक्त मेरी आमा’, ‘मेरो शब्द’, ‘फलेको रुख जब फुल्छ’, ‘वसन्त आइपुगेको छ’, ‘मेरो दार्जेलिङ वसन्तमा’, ‘थोप्लो अर्थात् डर’, ‘जंगलको कुरा’, ‘रक्सी रक्सी जिन्दगीको’, ‘भाषण, सहर र म’, ‘नाच्दैछ आगो नाङ्गै’, ‘मेरो छोरो अनि म’, ‘ऊ आउँदैछ’, ‘बन्द दैलो’लगायत शीर्षकका डेढ दर्जन कविता वाचन गरे । सुब्बाले आफ्ना चर्चित कविता वाचन गरिरहँदा दर्शकदीर्घाबाट राम्रै ताली पाएको थियो ।

सन् १९५२ सेप्टेम्बरमा दार्जिलिङमा जन्मिएका कवि सुब्बाका ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’, ‘बुख्याँचाहरूको देशमा’, ‘ऋतु–क्यानभाषमा रेखाहरू’’ ‘आदिम वस्ती’, ‘अक्षर–अर्केस्ट्रा’, ‘भुँइफुट्टा शब्दहरू’लगायत ९ वटा कवितासंग्रह प्रकाशित भइसकेका छन् । यसपटकको आफ्नो विराटनगर यात्रा चौथोपटक भएको बताउँदै सुब्बाले विराटनगरले आफूलाई सधैं माया गर्ने गरेको सुनाए । उनले कविता वाचन सुरु गर्नुअघि भने, “पहिलोपटक पारिवारिक घुमघाममा आएँ, दोस्रो पटक वाणी प्रकाशनको कार्यक्रम आएको थिएँ भने तेस्रो पटक प्रज्ञा प्रतिष्ठानको निम्तो मान्न र अहिले चौथो पटक तपाईंको माया पाएर आएको छु ।”

कविता वाचनपछि सुब्बालाई आरोहरण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कवितासँग आमपाठक र स्रोतालाई जोड्न आरोहरणले हरेक महिनाको पहिलो शनिबार ‘आरोहण कविता यात्रा’ शृंखलालाई निरन्तरता दिएको कार्यक्रम संयोजक धीरज राईले बताए । दर्शक र स्रोताको उपस्थिति हरेक शृंखलामा बढ्दै गएको उनले दाबी गरे । कविता सुुन्न प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ । “कवि र कविताप्रतिको सम्मानका लागि स्वयम् आयोजक आरोहणका अध्यक्षले समेत टिकट काट्नु हुन्छ,” संयोजक राईले भने, “फिल्म हेर्न मात्रै होइन कविता सुन्न पनि पैसा तिर्नुपर्छ भन्ने एउटा सन्देश दिएको छ यो कार्यक्रमले ।”

यसअघि काव्यारोहणमा बैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत भइसकेको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए । कविता सुन्न विराटनगसहित इटहरी, धरान, धनकुटा, बेलबारी र झापादेखि साहित्यानुरागीहरूको जमघट हुने गरेको छ ।

सम्बन्धित समाचार

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अवलम्बन गर्न सङ्घको सुझाव

काठमाडौं, १ बैशाख-नेपाल उद्योग परिसङ्घले कोरोना भाइरसका कारण देखापरेको प्रतिकूल परिस्थितिको सामना गर्न विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न सरकारलाई सुझाव दिएको छ । सङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज...

साल काठमाथिको प्रतिबन्ध आठ महिनापछि खुला

सरकारले सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महिनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११ गतेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आज सार्वजनिक गरेको...

‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा मेरो प्राथमिकता’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख...

लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर...

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्