प्रचण्डका कारण पार्टी अप्ठ्यारोमाः पोखरेल

 न्यूज विराट
प्रचण्डका कारण पार्टी अप्ठ्यारोमाः पोखरेल

काठमाडौं, १७ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए ।

‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुरा हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउँनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो,’ उनले भने, ‘गर्नु के पर्थ्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने, यदि सहमति हुन सकेन भने आ-आफ्नो विश्वासिला साथी दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसनसम्म पुर्‍याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्नेबित्तिकै बिग्रेको हो ।’

पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए ।

‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो, त्यो आधारमा टेक्नुपर्‍यो, त्यहाँ टेकेर अगाडि बढ्नु पर्‍यो । यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन,’ उनले भने, ‘यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुःखद् परिणाम हुन्छ ।’

अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने, ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथीहरूसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दबाब सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पुर्‍याउँछ ।’

नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्नेबाहेक केही पनि काम गर्न नसकेको समेत बताए । यस्तै, पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए

सम्बन्धित समाचार

दोब्बर बढ्यो खाने तेलको मूल्य

काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...

एभरेष्ट सिङ्गिङ आइलड, फाइनलमा १५ जना छनौट

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को फाइनलमा १५ जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट फाइनलमा १५ जना छनौट भएका हुन् । कक्षा १ देखि ५,...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान तिव्र

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ ।एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज...

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

प्रदेश १ मा आज १०० जना डिस्चार्ज हुँदा १९ संक्रमित थपिए

विराटनगर २३ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्