शनिबारदेखि भेडेटारमा व्यवसायीक रुपमा ‘जिप फ्लाईङ’

 न्यूज विराट
शनिबारदेखि भेडेटारमा व्यवसायीक रुपमा ‘जिप फ्लाईङ’

विराटनगर, फागुन २२–यही शनिबारदेखि धरान–४ स्थित भेडेटारबाट देविथानसम्म जिप फ्लाइङको व्यवसायिक रुपमा सुरुवात हुने भएको छ । करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रा.लि.धरान–४ ले निर्माण सुरु गरी जिप फ्लाइङको सुरुवात गर्न लागेको हो । जिप फ्लाइङको उद्घाटन एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने जनाइएको छ ।

प्रालिका सञ्चालक केदार थापा, यम राई, डोलिका लिम्बू, विवस भण्डारीले भेडेटारमा २ वर्ष अध्ययन गरेर जिप फ्लाइङको सुरुवात गरेका हुन् । उनीहरुले यस अघि धुलिखेलमा व्यवसायिक रुपमा जिप फ्लाइङ गरिरहेका थिए ।

करिब ३ करोडको लगानीमा भौतिक निर्माण सम्पन्न गरेको प्रालिका सञ्चालक केदार थापाले बताए । जीपलाइन भेडेटारदेखि देविथानसम्म ६ सय ५० मिटर लामो छ । जसमा फ्लाइङ गर्न ३०–४० सेकेण्ड लाग्ने सञ्चालक थापाले बताए ।

उनका अनुसार जिपफ्लाइङमा ३ प्रकारको सुविधा हुनेछ । जसमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन हुन्छ । क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्नसकिने छ ।

त्यस्तै कपलमा जोडीले बसेर फ्लाइङ गर्न सक्नेछन । क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैया मूल्य तोकिएको छ । जिप फ्लाइङमा १० वर्षदेखि ७५ वर्ष उमेरसम्मकाले मज्जा लिन सक्नेछन । जिप फ्लाइङमा साहसिक पर्यटकहरुको ५ लाखको बिमा पनि गरिने संचालकले जनाएका छन् ।

सम्बन्धित समाचार

अर्थमन्त्री डा.युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ-अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।राजीनामा दिनुअघि उनलाई अर्थमन्त्रालयमा बिदाई गर्ने कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी भएर उनले प्रधानमन्त्री...

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची, २८ जेठ-कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा ५ सङ्क्रमित घाइते भएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

एसईई कप सुरु : उद्घाटन खेलमा सहिद स्कुलको विजयी सुरुवात

विराटनगर । चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङशील फुटबल प्रतियोगिता सुरु भएको छ।विराटनगर १ मा सुरु भएको प्रतियोगितामा सुनसरीको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ। आइतवार भएको उद्घाटन खेलमा मोरङको जेभियर्स...

लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो ।...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

भोलि प्रदेश १ मा सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरुक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा शोक व्यक्त गर्दै बिहीबार सार्वजनिक विदा दिन निर्णय गरेको छ। प्रदेश १ सरकारले थापाको निधनप्रति राष्ट्रिय झण्डा झुकाउने बुधबार निर्णाय गरेको...

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्