कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

 न्यूज विराट
कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे।

पार्टी सभापति एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै पौडेल समूह थप चिढियो। शीर्ष नेताहरुबीच माघ १० गते महाधिवेशनको आन्तरिक कार्यतालिका परिमार्जनलगायत भ्रातृसंस्थामा भागबण्डा गर्ने विषयमा सहमति भएपछि कांग्रेसभित्रको विवाद मत्थर भएको थियो। तर डेढ महिना नपुग्दै कांग्रेसभित्र फेरि पुरानै विवाद बल्झिएको छ।

सभापति देउवाले कार्यकालको अन्तिममा केन्द्रीय विभाग गठन, केन्द्रीय सदस्य मनोनीत गर्नुका साथै पार्टीका सांगठनिक संरचना गठन तथा विस्तार गर्न थालेपछि पौडेल पक्ष फेरि रुष्ट बनेको हो।

आफूहरुको असहमतिका बीच सभापति देउवाले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभाग गठन र केन्द्रीय सदस्य मनोनीत गरेको आरोप पौडेल समूहको छ। पौडेल समूहले महाधिवेशनबाहेकका विषयमा सभापति देउवाले बोलाएको केन्द्रीय समिति र अन्यय कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पकले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा...

मोरङको सुनवर्षीमा गठबन्धन नगर्ने कांग्रेसको निर्णय, गठबन्धनमा भाँडभैलो

विराटनगर, २५ चैत । अगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले मोरङको सुनवर्षीमा गठबन्धन गर्ने निर्णय गरेको छ । सवै वडाका वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पार्टीका बुद्धिजीवी, शुभचिन्तकलगायतको...

झण्डै २ वर्षमा प्रतिनिधिसभामा नागरिकता विधेयक पेस

काठमाडौं, ९ असार-करिब २ वर्ष पुग्ने लाग्दा संसदीय समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नेपाल नागरिकता (पहिलो...

एक महिनापछि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

काठमाडौं,  २८ भदौ-अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ ।  विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गत २६ साउनमा बन्द भएको सेवा आजदेखि सुरु भएको हो...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

विराटनगरमा ५ सहित प्रदेश १ मा ६८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्