प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

 न्यूज विराट
प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीको शुभकामना

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले सोमबार बिहान ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

मोदीको ट्विटमा भनिएको छ, ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना गर्दछु ।’

उनले नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको निरन्तर योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणका लागि आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुँदैछन् ।

सम्बन्धित समाचार

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

विराटनगर, १२ पुस । सिईओ नविन सुवेदीको योजनामा विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैंक घोटला भएको हिमाल भट्टराईका आफन्तले आरोप लागाएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिईओ सुवेदीको योजनामा...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

रोजगारीबाट फर्केका ९ सहित ३१ जना क्वारेन्टाइनमा

तेह्रथुम, २५ चैत-रोजगारीका लागि काठमाडौँ र इटहरी गएर फर्किएका सातसहित ९ जनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ ।काठमाडौँबाट घर फर्कने क्रममा यही चैत ११ गते इटहरी आइपुगी लकडाउनमा परेका उनीहरुलाई सोमबार म्याङलुङस्थित घर पुग्नासाथ प्रहरीले नियन्त्रणमा...

भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो । शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्