मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

 न्यूज विराट
मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे ।

मोरङ क्षेत्र नं. ४ को पूर्वाधार विकास कोषबाट १ करोड बजेट बिनायोजन भइ अहिले ५० लाख बजेट आएपछि पब्लिक क्याम्पसको भवनको शिलन्यास गरिएको हो । अढाइ कठ्ठा क्षेत्रफलमा २ तले भवनसहित ६ कोठाको क्याम्पसको भवन निर्माण हुने क्याम्पस प्रमुख झमककुमार दाहाले बताए ।

तीन कोठाको पहिलो तलाको निर्माण कार्य आउँदो असार मसान्तसम्म निर्माण पुरा हुने उनले जानकारी दिए । उपभोक्ता समिति गठन गरेर निर्माणकार्य सुरू गर्ने क्याम्पस प्रमुख दाहालको भनाई छ । २०५९ सालदेखि बिबिएस र बिएड पढाइ हुने उक्त क्याम्पसमा मोरङको चार वटा स्थानिय तहमा रहेका विद्यार्थीहरू अध्ययरत रहेको प्राध्यापक नरेन्द्र बस्नेतलले बताए ।

पुर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पसमा बुढीगंगा, धनपालथान र कटहरी गाउँपालिकाका ४ सय ९६ जना विद्यार्थीहरू अध्ययरत छन् । कार्यक्रममा राज्यमन्त्री विश्वासले सो क्याम्पसलाई स्नाकोत्तर क्याम्पसको रूपमा स्तरोन्नती गरिने तयारी थलिएको बताए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College