विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बिवेक सुवेदी देशभरीमा द्धितीय भएका छन् । त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा सुवेदी बीबीएस प्रथम वर्षको परीक्षामा द्धितीय भएका हुन् ।
सोमबार सार्वजानिक भएको नतिजा अनुसार सुवेदीले ८०.६० प्रतिशत ल्याएर देशभरीमा सुवेदी द्धितीय भएको हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले दाबी गरेका छन् । सुवेदी हिमालय दर्शन कलेजका २०७८ ब्याजका विद्यार्थी हुन् । टियूले गत वर्षको वैशाखमा परीक्षा लिएको थियो । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ घर भएका सुवेदी विराटनगरमा बस्दै आएका छन् । २० वर्षीय सुवेदीले कक्षा १२ विराटनगरस्थित शिक्षादीप कलेजबाट गरेका थिए । उनी निजामती कर्मचारी पनि हुन् । १९ वर्षको उमेरमा उनले पाँचौ तहमा नाम निकाल्न सफल भएका छन् । उनी अहिले विराटनगर महानगरपालिकामा कार्यरत छन् । बीबीएस प्रथम वर्षको परीक्षामा देशभरीमा द्धितीय भएपछि कलेजले उनलाई बुधबार सम्मान गरेको छ । कलेज परिसरमा उनलाई सम्मान गरेको हो । देशभरीमा द्धितीय भएपछि सुवेदीले यो सफलताको श्रेय कलेजलाई दिन चाहने बताए । ‘कलेजका शिक्षकहरूले राम्रोसँग पढाएको र मैले मेहनत गरेको कारणले अहिले यो सफलता मिलेको हो,’ सुवेदीले भने ।
भारतमा लुकेर वीरगञ्जलगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गर्दै आएकाे समूहका मुख्य नाइके ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह पक्राउ परेका छन् । वीरगञ्ज- २४, रामगढवाका अन्सारी २४ साउन २०७६ मा वीरगञ्जकाे बिर्ताबजार र त्यसको चार दिनपछि २८ साउनमा घण्टाघरनजिकै मिना बजारमा भएकाे बम विस्फाेटकाे मुख्य...
पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...
एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् । उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि...
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा...
विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे...
काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...
मस्को, जेठ ६–रुसमा मंगलबार सम्म २ लाख २० हजार ९ सय ७४ जना कोरोना भाइरस (कोडिभ–१९) का सक्रिय संक्रमित पुगेका छन् । केही दिन यता रुसमा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ ।...
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको अभाव रहेको बताएका छन् । प्रेस सेन्टर मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’...