संसारीमाई मन्दीरमा प्रवेश गरी बहुमुल्य सामान चोरी गर्ने पक्राउ

 न्यूज विराट
संसारीमाई मन्दीरमा प्रवेश गरी बहुमुल्य सामान चोरी गर्ने पक्राउ

विराटनगर, माघ २६–मोरङको रंगेली नगरपालिकास्थित संसारी माई मन्दिरमा चोरी गर्ने ब्यक्तीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सो चोरीको घटनामा संलग्न रंगेली नगरपालिका ३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । गएको माघ २२ गते राति सो मन्दिर परिसरबाट संसारीमाताको मुर्तिको टाउकोमा लगाउने मुकुट, छत्र, त्रिशुल, सिक्री, पित्तलको गणेश र संसारीमाताको पुरानो मुर्ती लगायतका ११ लाख ३५ हजार मुल्य बराबरको सामाग्रि चोरी भएको थियो ।

चोरीको सो घटनामा संलग्न पराजुलीलाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको हो । प्रहरीले उनको घरबाट बरामद भएको चोरीका सामाग्रि र चोरी गर्नेक्रममा मन्दिरको सिसि क्यामरामा रेकर्ड भएको चोरीको दृष्य समेत सार्वजनिक गरको छ । सिसिटिभि फुटेजमा मोटरसाईकलको नम्बर देखिएपछि अनुसन्धान गर्दै जाँदा सामान सहित अभियुक्तलाई पक्राउ गर्न सफल भएको मोरङका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए ।

अभियुक्त पराजुलीले माघ २२ गते राती १० बजेर ५४ मिनेटमा मन्दिरस्थलमा प्रवेशगरि चोरी गरेका थिए । अभियुक्तले चोरी गरेका सामाग्रिहरु उनले घरको बक्स पलंग मुनि लुकाई राखेको अवस्थामा बरामद गरेको छ । प्रहरीले घटनामा प्रयोग भएको ज १२ प ५४६८ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । अयिुक्त विगतमा फाइनान्स कम्पनीमा काम गर्ने ब्यक्ती रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...

जनकपुरका मेयरका छोरीज्वाइँसहित ३ जनामा कोरोना

काठमाडौं, २२ साउन-धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहकी छोरी, ज्वाइँ र पीएमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू तीनै जनालाई लक्ष्मीनिया गाउँपालिकाको सपही आइसोलेसनमा भर्ना गरिएको छ । छोरी ज्वाइँ...

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा...

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

पूर्वमन्त्री पण्डितद्धारा ऋषिदेव समुदायको ‘दिनाभद्री’ सामुदायीक भवन शिलान्यास

विराटनगर, फागुन २–पूर्व संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा मोरङ क्षेत्र नं. ६ का संघिय सांसद लालबाबु पण्डितले मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित दिनाभद्री सामुदायीक भवनको शिलान्यास गरेका छन् । तराईको दलित समुदाय अन्तर्गत ऋषिदेव जातीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्