कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने - News Birat

कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने

न्यूज विराट

काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो ।

संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि कांग्रेसले संसदको बैठक अवरुद्ध गर्ने भएको हो । यसअघि बिहीबारको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको थियो । कांग्रेसले सरकारको निर्देशनमा अख्तियारले प्रतिशोधपूर्ण तरिकाले मुद्दा चलाएको निष्कर्ष निकाल्दै संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles