हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

 न्यूज विराट
हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी फालिएको अवस्थामा उखुबारीमा फेला परेको हो । घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अन्यन्त्र हत्या गरी शव उखुबारीमा फालेको देखिएको उनले बताए ।

निलो टल्किने आउटर, हरियो धर्के कुर्ता सुरुवाल लगाएकी महिलाको घाँटी रेटेर सलले बेरेको अवस्थामा शव भेटिएको थियो । शवनजिकै सुरुवाल पनि भेटिएको थियो । उनका श्रीमान् बसन्त परियार इलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए । बसन्तले श्रीमतीको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो व्यक्तिसँग लभ अफेयरका कारण हत्या भएको हुनसक्ने देखाएको छ । उनी मङ्गलबारदेखि हराइरहेकी सम्झना घरमा दुइ छोरा छोरीसँग बस्दै आएकी थिइन् ।

घटना शंकास्पद रहेकाले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अधिकारीले बताए । अनुसन्धानका लागि प्रहरीको तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको बताउँदै उनले शवको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको जानकारी दिए ।

सम्बन्धित समाचार

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड तीस लाख २७ हजार ५२६...

विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

साउनदेखि कक्षा १२ को पढाइ सुरु हुने

काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी साउनबाट कक्षा १२ को...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्