काठमाडौंका ३ पसललाई कारवाही, ३ लाखसम्म जरिमाना

 न्यूज विराट
काठमाडौंका ३ पसललाई कारवाही, ३ लाखसम्म जरिमाना

काठमाडौं, २९ चैत-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा काठमाडौंका ३ पसललाई कारवाही गरेको छ ।विभागका अनुसार अनुगमनका क्रममा बढी मूल्यमा मासु बेचेवापत १ मासु पसल र २ किराना पसललाई जरिमाना गरिएको हो ।

विभागका अनुगमन निरीक्षक दीपक पोखरेलका अनुसार बजार अनुगमनका क्रममा बढी मूल्यमा मासु बिक्री गरेको भेटिएपछि नयाँ बानेश्वरस्थित आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिमाना तिराइएको छ ।

त्यस्तै बाफलस्थित न्यू बिके स्टोरलाई अनुचित व्यापारिक क्रियाकलाप गरेकामा (राहत वितरणमा म्याद गुज्रिएका सामान बिक्री गरेको) ३ लाख जरिमाना र सीतापाइलास्थित चितवन खाद्य सप्लायर्सले मूल्य बढी लिएको भेटिएपछि २ लाख जरिमाना गरिएको हो ।

ती पसलको कारवाहीबाट रु सात लाख राजश्व संकलन भएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको उनले जानकारी दिए ।

यसअघि विभागले बुधबार बजार अनुगमनका क्रममा बढी मूल्य लिएवापत बत्तीसपुतलीमा सञ्चालित मुस्कान मासु पसललाई रु दुई लाख जरिवाना लगाएको थियो । रासस

सम्बन्धित समाचार

देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २७ मंसिर ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

मेशिन थपेर कोरोनाको नमूना परीक्षणको क्षमता दोब्बर बनाइँदै

प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा...

कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल

बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...

पार्टीमा शुद्धीकरण अभियान चल्दा अवसरवादीहरू किनारा लागे : बादल

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले संसद् विघटन संवैधानिक काम भएको बताएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले भने, 'यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ...

सिरहामा राहत वितरणका विषयमा झडप

जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

कोशी अस्पतालबाट एक जना कैदी फरार

विराटनगर । जिल्ला कारागार मोरङमा कैद भुक्तान गर्दै आएका एक जना कैदी उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका छन् । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका २४ वर्षीय आर्यन मोहमद अहमद खान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्