विराटनगरकी ७९ वर्षीया वृद्धा चन्द्रकुमारीको उद्धार

 न्यूज विराट
विराटनगरकी ७९ वर्षीया वृद्धा चन्द्रकुमारीको उद्धार

विराटनगर, माघ १६–विराटनगरमा एक बिरामी वृद्धाको उद्धार गरिएको छ । विराटनगर– ११, पिचरामा जाडोले कठ्याङग्रिएर बिरामी भई थला परेकी वृद्धा चन्द्रकुमारी ठकुरीको उद्धार गरिएको हो । वृद्धा चन्द्रकुमारीलाई । विराटनगर– ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने र सामाजिक अभियन्ता पेरिस सुवेदीको पहलमा युवाहरूको एक समूहले उद्धार गरेको हो ।

चन्द्रकुमारीलाई हाल विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ । श्रीमानको मृत्यु भएपछि उनी सडकको नालामाथि टिनको छाप्रो बनाएर बस्दै आएकी थिइन् । लामो समयदेखि हिँडडुल गर्न समेत नसक्ने उनको दिसापिसाबसमेत एकै ठाउँमा हुने गरेको थियो । पुसको सुरुवातदेखि नै शीतलहरसँगै बढेको जाडो र बिरामीले थला परेकी उनको जीवन कष्टकर भएको थियो । जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् ।

‘यस्तो दहनीय अवस्था रहेकी वृद्धाको पीडा देखेपछि लगातारको प्रयासपछि उहाँको उद्धार गर्न सफल भएका छौँ,’ सामाजिक अभियन्ता सुवेदीले भने, ‘अहिले उहाँको रेखदेख मानवसेवा आश्रममा गरिनेछ ।’ उनले चन्द्रकुमारीको औषधि उपचार पनि आश्रमै भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

मोरङको रंगेलीमा दुर्घटना, पैदल यात्रिको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रिको मृत्यु भएको छ । शुक्रबार साझ सवारी दुर्घटनामा परि रंगेलि नगरपालिका ७ का ४२ वर्षिय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ...

विराटनगरको तृष्णा रेष्टुरेन्टमा मध्यराति लफडा, अनुमति नलिइकन ‘कन्सर्ट’ आयोजना

विराटनगर, ९ भदौ । विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा रहेको तृष्णा रेष्टुरेन्टमा बुधबार मध्यराति लफडा भएको छ । रेष्टुरेन्टले गायक सुशान्त केसीलाई बोलाएर आयोजना गरेको ‘कन्सर्ट’ (साङ्गीतिक कार्यक्रम)मा राति ११ः३० बजेतिर लफडा भएको हो । तर...

गाँजा सहित एक जना विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीले अवैध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १८ झटियाई मुसरीमा टोल नयाँबस्तीबाट गाँजा सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विराटनगर – १८ बस्ने १८ बर्षिय नन्दु...

६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

विराटनगर । कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक बुधवार बसेको प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित भएको हो । २४...

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...

सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाडौं, १५ मंसिर ।  सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको...

प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्