मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे

 न्यूज विराट
मृत्युदण्डलाई जितेर आएका उमेशले १४ वर्षपछी परिवार भेटे

जनकपुर, माघ १३–जनकपुरधाम विमानस्थलमा १४ वर्षपछि भेट भएका दम्पतीको अवस्था हेर्नलायक देखिन्थ्यो । विमानस्थलबाट बाहिरिनेबित्तिकै भएको भेटमा दुवै जना समाजको पर्वाहै नगरी अँगालोमा बेरिएर रूवाबासी गर्दै थिए । घरपरिवारका सबैले माया मारिसकेका धनुषाका उमेश साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर चामत्कारिक तरिकाले स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएपछि जनकपुरधाम विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवारलाई आफ्नो आँखाको अगाडि देख्दा आफूलाई सम्हाल्नै सकेनन् ।

विदेशमा उमेशलाई अदालतबाट मृत्युदण्डको सजाय सुनाइएकाले माया मारिसकेको श्रीमान्लाई पुनः आफ्नै साथमा पाउँदा श्रीमती सञ्जु त झन् भावविह्वल बनिन् । आँखाबाट खुुसीको आँसुका धारा बगाउँदै दुवै जना निकै बेरसम्म अँगालोमा बाँधिइरहे । उक्त क्षणमा घरका सबै सदस्यको आँखामा आँसु थामिएन । साढे १ बजे भनिएको फ्लाइट डिले भएर ३ बजेतिर मात्र जनकपुर पुग्दा सञ्जु र छोराहरूमा भने छटपटाहट देखिन्थ्यो । विमानबाट झरेर बाहिरने क्रममा उमेशले आफूलाई सम्हाल्नै सकेनन् । जब उनलाई सञ्जु र छोराहरूले देखे, उनीहरू सबै जना दौडिएर अँगालो मार्न पुगे । उनीहरू धेरै बेर रोइरहे, खुसीको आँसु उमेश, सञ्जु र छोराहरूले झारिरहे ।

१३ वर्षभन्दा बढी समय श्रीमान् उमेशको पर्खाइमा बिताएकी सञ्जु आफ्ना दुई छोराहरू कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा पर्खिरहेका थिए । उनीसँगै उमेशका भतिजाहरू, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजनसमेत उमेशको स्वागतका लागि विमानस्थल कुरिरहेका थिए । उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन ।’ अब श्रीमानसँगै बसेर छोराहरूलाई पढाउने उनको अबको योजना छ ।

सन् २००६ मा साउदी अरेबिया जाँदा छोरा हितेश १७ दिनका मात्रै थिए । जेठा छोरा कमलेश यादव चार वर्ष पुगेका थिए । उमेश विदेश गएपछि जेलमा परे । श्रीमती सञ्जु यादव माइत गइन् । कमला नगरपालिका– ३, माचीका उमेशको नयाँ जीवन मिलेको छ । उमेशको ससुरालीचाहिँ सिरहाको कर्जन्हा नगरपालिका– ७, मरेवा टोल हो । सञ्जु माइतमा ८ वर्ष बसिन् । छोराहरू दुवैलाई माइतमै लगिन् । सञ्जु त्यतिबेलाको अवस्था सम्झिन्छिन्, ‘सासूससुराले बस्छौ भने बस, माइत जान्छौ भने पनि जाऊ, तिम्रो खुसी भने, त्यसपछि छोराहरू लिएर माइत गएँ ।’

माइतमा ८ वर्ष बसेपछि छोराहरूलाई पढाउन समस्या भयो । त्यहाँबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा आफ्नो भिनाजु राजकरण यादव थिए । उनी त्यहीँ बस्न थालिन् । मजदुरी गर्न थालिन् । दुवै छोरालाई पढाउन थालिन् । अहिले जेठो छोरा १७ वर्ष र कान्छो १३ वर्षका छन् । कमलेश अहिले कक्षा ८ मा महेन्द्रनगरकै प्रगति शिशुसदन बोर्डिङ स्कुलमा पढ्छन् । हितेशचाहिँ सरस्वती बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्छन् ।

सम्बन्धित समाचार

११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने

एजेन्सी, ८ मंसिर-कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

पहिचानबादीको दोस्रो चरणको आन्दोलन : विराटनगरमा कुन नेता के गरे बोले ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार प्रदर्शन र सभा गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशको नाम ‘कोशी’ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।...

सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय...

तीन दिनसम्म विविद्य कार्यक्रम गरेर कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आइतबार सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक...

गणतन्त्रमा असमानता, भेदभाव र छुवाछूतको व्यवहार स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली 

काठमाडौं, १५ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभएर नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवनपद्वति भएको बताएका छन् । उनले लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र...

एनसीडिए कोशीको नवनिर्वाचित कार्यसमितिको पदस्थापन, व्यवसायीको हकहितमा लाग्ने अध्यक्ष काफ्लेको घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित एनसीडिएको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिको पदस्थापन गरिएको हो ।नेपाल औषधी व्यवसायी संघका केन्द्रीय...

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गतेदेखि

विराटनगर, माघ १४–प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते ३ बजेका लागि आव्हान गरिएको छ । प्रदेश १ को मन्त्रिपरिषद्को वैठकले हिउँदे अधिवेशन माघ २३ गते बोलाउनका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्