राशिफल

प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गतेदेखि

 न्यूज विराट
प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गतेदेखि

विराटनगर, माघ १४–प्रदेश १ को हिउँदे अधिवेशन माघ २३ गते ३ बजेका लागि आव्हान गरिएको छ । प्रदेश १ को मन्त्रिपरिषद्को वैठकले हिउँदे अधिवेशन माघ २३ गते बोलाउनका प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले जानकारी दिए । यसैगरी मुख्यमन्त्री निर्वाचित भएको दुई वर्ष पुग्नलाग्दा मात्र मुख्यमन्त्री शेरधन राईले सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत, आर्थिक सल्लाहकारमा डा.महेन्द्र गुरुङ र सूचनाप्रबिधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गरेको हो ।

मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त बस्नेत नेकपा प्रदेश कमिटि सदस्य हुन् । यसैगरी आर्थिक सल्लाहकार नियुक्त गुरुङ पूर्वसहसचिव हुन् । बैठकले प्रदेश लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.सरोज कोइरालालाई नियुक्त गरेको मन्त्री आङ्वोले जानकारी दिए । वैठकले प्रादेशिक औद्योगिक व्यवसाय विधेयक, प्रदेश वन विधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न बैठकले अनुमति दिएको छ ।

बैठकले विभिन्न २४ वटा निर्णय गरेको बताइएको छ । यस्तै बैठकले सूर्तिजन्य पदार्थ नियमन र नियन्त्रण युक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय लगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि निशेष गर्नुका साथै प्रदेशभरि नियमन, नियन्त्रण तथा निषेध गर्ने लगायतका २४ वटा निर्णय भएको मन्त्री आङ्वोले जानकारी दिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...