
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...
विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्रालय,जसमाया गजमेर सामाजिक विकास मन्त्रालय र बिजयकुमार विश्वासलाई उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच सपथ ग्रहण गराइएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको उपस्थितिमा मुख्यमन्त्री शेरधनराईले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
सपथ ग्रहण समारोहमा प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारी सहित मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरुसहित विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो । सपथ ग्रहण समारोह लगत्तै नवनियुक्त राज्यमन्त्रीहरुलाई फुलमाला,अबिर र खादा सहित स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।
मुख्यमन्त्री शेरधन राईले नेपालको संबिधानको धारा १६८ को उपधारा (९) बमोजिम उहाँहरुलाई नियुक्तगर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख प्यासीले उनीहरुलाई राज्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
हाल प्रदेश एकमा मुख्यमन्त्री शेरधन राई सहित आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जगदिशप्रसाद कुसियैत, सामाजिक विकास मन्त्रालयमा जीवन घिमिरे र आर्थिक मामिला तथा योजना मन्त्रालयमा इन्द्र आङ्बोले मन्त्रीको जिम्मेबारी सम्हाल्दै आएका छन् ।
काठमाडौं, २५ मंसिर-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला ९ सय रुपैयाँले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार...
काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो,...
काठमाडौं, कार्तिक १९ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको...
विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट...
काठमाडौं, ९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप नेपाल अन्ततः माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । आफू एमालेमै रहेको बताएका प्रदीप अन्ततः माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा...
जनकपुर, २२ वैशाख-सिरहा जिल्लामा राहत वितरणको विषयमा विवाद हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर र १३ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना...
विराटनगर । अनुमति बेगार संचालन गरेको विग हस्पिटल शिलबन्दी गरेको समचार संकलन गर्न गएका संचारकर्मीमाथि हातपात गर्ने हस्पिटलका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ प्रहरीले बिग हस्पिटलका रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर ९...
विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको ५० औं साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । २६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.