भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

 न्यूज विराट
भोजपुरको शहीद पार्क संरक्षणविहीन अवस्थामा

भोजपुर, फागुन ९–भोजपुर सदरमुकाममा रहेको शहीद पार्क संरक्षणविहीन अवस्थामा पुगेको छ । विगतमा जिल्ला विकास समितिको संरक्षणमा रहेको सो पार्क अहिले आएर जिल्ला समन्वय समितिमातहतमा रहेको छ ।

सदरमुकामभित्र रहेर पनि पार्कको उचित व्यवस्थापन हुन नसक्दा पार्क व्यवस्थित हुन नसकेको हो । मुलुक परिवर्तनका लागि लडेका राजनीतिक योद्धाहरु रामप्रसाद राई, नारदमणि थुलुङलगायतको शालिक राखेर निर्माण गरिएको पार्कको अहिले केही कार्यक्रम गरिँदा मात्र सरसफाइ हुने गरेको छ ।

प्रजातन्त्र दिवस, शहीद दिवस, गणतन्त्र दिवस, संविधान दिवसजस्ता अवसरमा पार्कमा राखिएका योद्धाहरुको सालिकमा माल्यापर्ण गरिन्छ । तर, अन्य समयमा भने पार्कको सरसफाइ हुने गरेको छैन । जिल्ला विकास समिति हुँदा बजेट पनि हुने तर अहिले समन्वय समितिमातहत रहँदा बजेटसमेत नआउने भएकाले यसको उचित व्यवस्थापनमा समस्या भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College